Posted by: rimote December 15, 2005
Breaking news.........
Login in to Rate this Post:     0       ?        
सातदलको विरोधसभा सम्पन्न, "नगरकोट नरसंहार राजाको निधारमा रगतको टीका" नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नगरकोटको घटनाले राजाको निधारमा रगतको टीका लागेको बताउनु भएको छ । नगरकोटमा भएको नरसंहारले राष्ट्रको शीर झुकाएको पनि सभापति कोइरालाले बताउनु भयो । राजधानीमा ०६२ मंसिर ३० गते सातदलले आयोजना गरेको सभालाई सम्बोधन गर्दै कोइरालाले सेनालाई जनताको अधिनमा राख्नु पर्नेमा जोड दिनु भयो। नेकपा -एमाले) का महासचिव माधवकुमार नेपालले राजाको निरङ्कुश शासनको अन्त्य नभएसम्म आन्दोलनबाट नबाहिरिने प्रतिबद्धता व्यक्त गर्दै सात दललाई शंका नगर्न अनुरोध गर्नु भयो । नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले आफ्नो देशबाटै आन्दोलनलाई अघि बढाउनु पर्नेमा जोड दिँदै तानाशाहहरूलाई जनताले नछोड्ने ठोकुवा गर्नुभयो । नेपाली काग्रेसका काठमाण्डौ जिल्ला सभापति तीर्थराम डंगोलको सभापतित्वमा सम्पन्न उक्त सभामा नेपाली कांग्रेस -प्रजातान्त्रिक) का का.वा. सभापति गोपालमान श्रेष्ठ, जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन, नेपाल सद्भावना पार्टीआनन्दीदेवी) का भरत विमल यादव र वाममोर्चाका कृष्णदास श्रेष्ठले सभालाई सम्बोधन गर्नुभएको थियो । सम्बोधनमा उहाँहरूले नगरकोट घटनाको घोर भर्त्सना गर्दै पूर्ण प्रजातन्त्रको माग गर्दै लोकतन्त्रको स्थापना नभएसम्म आन्दोलन जारी रहने बताउनु भएको थियो । साथै घटनाका मृतकका परिवारलाई पाँच लाख रूपैँया क्षतिपूर्ति दिन र घाइतेहरूको उपचारको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरिएको थियो । Danak De Keta! No tsunami ! alll leaders must way go..... or i kick u !
Read Full Discussion Thread for this article