Posted by: nepesahila December 15, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
ए, सिउदेल नि आएचन्। जुडो देखाइचन्। ती चै नानी हुन् कि जो आफ्नै फुटु टाँस्या हुन्? सँखाराँ के लेख्या हुन् कुन्नि त्यो गाइखानी अच्छेराँ? नमस्ते अर्या हो के रे। गाउँ भरि छेरे रे, फेरि घरबारी गर्न आका पनि भन्चन रे? मैनालै ब्यार्च रे, देलान् त पस्पतिले? केटाकेटीहुरले गाइँगुई त अर्थे के रे। "छाँइल्दाइ, गाममा एउडा लाउले आ' च हि, हि, छालाको लुगाला' छ, अनि लातो लुमाल घाँटिमा बान्याँ च अनि बडेमानको लेडउ (रेडियो) लेल घुम्च। मैना दिल्लै शहलाँ लैजानी ले"। भन्थे के रे। दिउसो तिर म नी इस्कुला'ड खाजाखानी ट्याममा यस्सो बाइर आँखा लाम्न हिड्या थिं। नजिकै आड रेडउ घन्किँदैथ्यो। बारीको डिलमा ओखरबोट, ओखरबोटमा चिल बस्यो भन्नै नहुने माया, तिमीसित सारै नै दिल बस्यो।
Read Full Discussion Thread for this article