Posted by: rimote December 15, 2005
Nagarkot
Login in to Rate this Post:     0       ?        
नगरकोट हत्याकाण्ड रहस्यमय रहेको दावी काठमाडौं १५ डिसेम्बर । भक्तपुरस्थित नगरकोटको कालिदेवी मन्दिरमा आयोजित जात्रामा सहभागि स्थानीयबासीमाथि सैनिकका एक जवानले अन्धाधुन्ध गोली प्रहार गर्दा पन्ध्र र्सवसाधारण र हत्याकाण्डका नायक स्वयमको ज्यान गएको छ भने त्यसलाई स्वतन्त्र समाचार सेवाले रहस्यमय हत्याकाण्डको संज्ञा दिएको छ । सो हत्याकाण्डपछि सो समाचार सेवाले गरेको रिपोटिङ्गमा नगरकोटमा रहेको शिक्षालयमा कार्यरत सैनिक जवान बाशुदेव थापाले मेलामा अन्धाधुन्ध गोली प्रहार गर्दा घटनास्थलम ११ जना र उपचारको क्रममा चार र्सवसाधारण र थापा स्वयमको मृत्यु भएको हो भनेको छ । हत्याकाण्डमा परी १९ जना स्थानियवासी गम्भिर घाइते भएका छन् भने हत्याकाण्डका मुख्य दोषि भनिएका थापाको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षा बालक दिपक तामाङ्ग र ११ वर्षा धमाइ लामा समेत ४० वर्षा भगवान तामाङ्ख, आइते तामाङ्ग, रामलाल नगरकोटी, ३० वर्षा सुजन श्रेष्ठ, २५ वर्षा का रामप्रसाद पन्थ र निरु तामाङ्ग, २० वर्षा माया तामाङ्ग, काले तामाङ्ग र नानु नगरकोटी रहेका छन् । उपचार्रार्थ मृत्यु भएका चार जनाको नाम खुल्न सकेको छैन । घटनास्थलको अनुगमनमा सहभागि सिविनका अध्यक्ष गौरी प्रधानका अनुसार मृतकहरुको छाती र टाउकोमा गोली प्रहार गरिएको छ । मेलामा सहभागि स्थानीयबासीको भनाई उद्धृत गर्दै प्रधानले मृतक सैनिक थापाका साथै सादा पोशाकमा १० जना भन्दा बढी सेनाका जवान आएर गोलि प्रहार गरिएको बताए । घटनास्थल पर्ूण्ात रगताम्य रहे पनि सेनाका जवानहरुले नै माटो बालुवाले रगत छोप्ने काम गरेका थिए । घटनास्थलमा खसेका सयौं संख्याका गोलीका खोकाहरु सेनाका जवानहरुलेनै लगेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रधानले जानकारी दिए । स्थलगत भ्रमणको क्रममा एउटा गोलीको खोका भने फेला परेको छ । सो गोलीको नम्बर बुलेट ७.७२ एमएफएस ९२१ रहेको छ । मेलामा सहभागि स्थानीय महिलालाई थापालेे अभ्रद ब्यबहार गरेपछि बुधवार बेलुका १० बजेको समयमा स्थानीय युवाहरु र थापाबीच सामान्य मुड््भेड भएको थियो । सो मुढभेड भएको आधा घण्टाम हतियारसहित आएका अन्य सेनाका जवानहरुले हाम्रो साथीहरुलाइ पिट्ने को हो भन्दै अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनासंगै सो काण्डमा मुछिएका जवानको मृत्युले सो काण्ड अझै रहस्यमय बनेको छ । सेनाले आमनरंसंहार पछि थापाले गोली हानेर आत्महत्या गरेको बताए पनि उनको पनि हत्या भएको हुनसक्ने अनुगमन समितिका अर्का सदस्य सुवोध प्याकुरेलले बताए । स्थानीयवासीले दिएको जानकारी अनुसार, थापालाइ एक अग्ला कदका ब्यक्तिले पेस्तोलबाट गोली प्रहार गरेका थिए । लासको प्रकृति हर्ेदा थापाको छातीमा गोली लागेको देखिएको प्याकुरेलले बताए । बुधबार बेलुका ११ः ३० मा घट्ना भएपनि सेनाले बिहीबार बिहान मात्र मृतकको लास ओसार्ने तथा घटनास्थल आफ्नो कब्जामा लिने काम गरेको थियो । अनुगमन समितिका अनुसार, सेनाले लास ओर्सार्न गाउँलेलाई नै प्रयोग गरेको थियो । Rest down
Read Full Discussion Thread for this article