Posted by: rimote December 15, 2005
Tomarrow Valley bandha
Login in to Rate this Post:     0       ?        
नेपालका दर्ुइ ठुला चीन र भारत एवं अन्य अन्तरराष्ट्रिय समुदायप्रति इङ्गति गर्दै कोइरालाले नेपाली जनताको हित हुने र निरकुंशतालाई नसघाउंने गरी बिदेश नीति बनाउन आग्रह गरे । चुनाब बहिस्कार गरेर एक्ल्याएपछि राजा समाप्त हुने दाबी गर्दै उनले भने-राजालाई भेटेर म तिमी किताबमा एकादेशमा राजा थियौं भन्ने अबस्थामा पुग्यौ भनिदिन्छु । नेपालले दमनको बलबाट टिक्ने राजतन्त्र नेपालको लागि दर्ुइ सय ३७ बर्षेखि पीडाको रुपमा रहेको कारण अब राजाबिनाको नेपालको परिकल्पना गर्नुको बिकल्प नरहेको बताए । आन्दोलनले राजा फाल्ने र माओवादी पनि मुलधारमा आउंने कुरामा कुनै शंका नगर्न उनले आग्रह गरे र भने-हिजो हामी दरबार गएको कुरा उहिलेका कुरा खुइले जस्तै हो । जनमोर्चाका अध्यक्ष शेरचनले नारायण सिंह पुनलाई मन्त्री बनाएर राजाले वार्ताको बिषयमा भ्रम पार्न खोजेपनि माओवादीले वर्तमान राज्यसत्ताका कोहीसँग पनि सम्बन्ध नरहेको र नरहने प्रतिबद्दता जनाएको कारण त्यसले आन्दोलनलाई झन अघि बढाउने दावी गरे । सभामा सात दलको केन्द्रिय संयोजन समितिले निर्वाचन बहिष्कार गर्न थप आग्रह गर्दै पुस २८ गते जनकपुरमा र माघ ७ गते काठमाडौंमा बिरोध सभा गर्ने निर्ण्र्ाागरेको जानकारी समेत गर्राईयो । प्रहरीद्वारा लाठीचार्ज नगरकोट घट्नाको विरोधमा सात दलको सभामा सहभागी केहीले सभा सकिएपछि घर र्फकने क्रममा बिहीबार साँंझ बानेश्वरमा सवारीसाधन रोकेका थिए । उनीहरुले सरकारी गाडी तोडफोड पनि गरेका थिए । तोडफोडको क्रममा बा १ झ ५९६७ नम्बरको गाडी ध्वस्त पारिएको थियो भने अन्य केही गाडीमाथि ढुङ्गामुढा प्रहार गरिएको थियो । सभाबाट र्फकने क्रममा नारा लगाएर सवारी साधन रोकिरहेका युवाहरुलाई प्रहरीले लाठीचार्ज गरेपछि उनीहरु तोडफोडमा उत्रेका थिए । तोडफोडपछि प्रहरीले लाठीचार्ज गर्दै सहभागी युवाहरुलाई लखेटेको थियो । उपत्यका बन्द सफल पार्न बिद्यार्थीहरुले बिहीबार नै अन्य स्थानमा पनि नाराजुलुश गरेका थिए । thank you for surfing to us////
Read Full Discussion Thread for this article