Posted by: rimote December 15, 2005
Tomarrow Valley bandha
Login in to Rate this Post:     0       ?        
यसैगरी नेपाल कम्युनिष्ट पार्टर्ीीएमाले)ेका महासचिव माधवकुमार नेपालले अहिले मुलुकमा सेना र प्रहरीको ज्यादतीले सीमा नाघेको र नेपालीको चेलीको चिरहरण गर्न नपाएपछि शाही नेपाली सेनाले नगरकोट घट्ना घटाएको दाबी गरे । राजा आफैं रक्षामन्त्री बनेर नगरकोटको जस्तै नरसंहार गर्छन र त्यसलाई शान्ति स्थापनाको रुपमा चित्रण गर्छन महासचिब नेपालले भने-यस्ता घट्ना अन्यत्र पनि घटेका छन् र राजाले शान्ति स्थापना गर्ने भनेको सैनिकले नेपाली चेलीलाई बलात्कारपछि मैना सुनुवारको जसरी हत्या गर्ने रहेछ । राजाको शान्ति यसैगरी आउँछ उनले भने । जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले उक्त घट्नामा दरबार हत्याकाण्डमा मारिएका दिपेन्द्रमाथि दोष थोपरे जसरीनै मारिएका या मरेका एक सैनिकमाथि दोष थोपर्न राज्य पक्ष लागेको आरोप लगाए । शेरचनले नगरकोट घट्नालाई राजदरबारको पुनराबृति घट्ना हो भन्दै सैनिक नेतृत्व सम्हालेका राजा अर्न्तगत रहेका व्यक्तिहरुले यस्तै घट्ना घटाउने गरेकाले यसको अन्त्य आवश्यक रहेको बताए । घट्ना सहेर नबस्न र आन्दोलनमा आउन उनले भक्तपुरबासीलाई आग्रह गरे । नेपाली कांग्रेस -प्रजातान्त्रिक)का कार्यबाहक सभापति गोपालमान श्रेष्ठले नगरकोट घट्नाका मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने माग राखे । सभाका अर्का वक्ता नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छेले उक्त घट्नामा भक्तपुर जिबिसमा मनोनित सभापति सु्रेन्द्रप्रताप शाहको हात रहेको आरोप लगाए । स्थानीय जनतालाई मार्न शाहले षड्यन्त्र गरेकोमा आफू विश्वस्त रहेको दावा गर्दै विजुक्छेले भने-अहिलेको राज्यसत्ताले पागललाई हतियार दिएको कारण यस्ता घट्ना घट्ने गरेका छन् । सद्भावनाका उपाध्यक्ष भरतबिमल यादव र संयु्क्त बाममोर्चाका अध्यक्ष कृष्णदास श्रेष्ठले पनि घट्नाले बर्तमान राज्यसत्ताका कामकारबाही प्रष्ट पारेको बताए । आन्दोलनको उद्घोष सभामा काग्रेंस सभापति कोइरालाले रोचक पारामा भने- आजकल म निरकुंशता बिरोधी कुरा बाहेक अरु सुन्दिनँ र आँखाले पनि आन्दोलन बाहेक अरु देख्दिनँ । कोइरालाले बिदेशीले भनेको कुरा महत्वपर्ुण्ा नहुने उल्लेख गर्दै नेपालीले गर्ने आन्दोलन भने महत्वपर्ुण्ा हुने बताए ।
Read Full Discussion Thread for this article