Posted by: Dada_Giri December 15, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
मैना: उकालीमा पछि पछि ओरालीमा अघि अघि यो केटा के भाको? सिउदेल: नदेखे सम्मन् को हो, को हो? देखे पछिन् माया मोह बुझाइदेऊ यो मन! ... ... ... चौतारीमुनि सिउदेल र मैना भेट भएछन्। मैना त गहुँ भित्रका कुटुल कोसा खाँदै खाँदै गहुँभित्रको घाँस खुर्केर ल्याको हल्का हल्का डोको बोकेर माथि लागऽथी। सिउदेल अब गुलेली खेल्न आको भओ केरे मधेश देखुन्। "बिर्खे जिम्मालले मलाई तेसो भन्नी गोत्र र सोत्रका कुरा अर्नी। भुत्रो गोत्र अब मैले यिनै पशुपतीकी छोरीसित पिरिम अर्छु।" तराइतिरै फर्क्यो कि भन्या त सिउदेल फर्क्या रैनछ, गाइ पानि मिनेसित यसो करेन्ट चढाऽर आको रछ। "जिम्मालका आँगनको बाटो मैले बाजा बजाऽर लान्छु मिने दाइ मैनालाई। यो गाममा मलाई हुनी केटी छैनन् त मिने दाई?" रुँदै भन्दै ग-यो सिउदेलले। मलाई नि सारै माया लागो। मनाँ गढेछ बरा केटोको।
Read Full Discussion Thread for this article