Posted by: lau ta lau December 14, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
पो'रत हाम्रो टारिखेत बलबिरे जेठलाइ कमाउन दियाथेम सप्पै टन्टा खलास भअथ्यो। हुननि सारैनै मिइनेति छन् बरा, बर्ष भोरिआं ३-४ बालिनै भित्राउचन गांठे। अब असारे धान, मुसिरे धान, गंउ, तोरि, आलु के के हो के के। घरां दुइटा लइना भैसि, एक हल गोरु, दुइटा जाहान, दुइटा येमानका छोरि, दुइटा लक्का जुवान छोरा, काम अर्नि मुन्छे त कति हो कति। अर्म पर्म कैनि अर्न नपर्नि। हाम्रो खेतां सप्पै मोल्खातो नै हाल्दिएछन केरे बल्ल बल्ल १० मुरि हुनि ठाम्मा १५ मुरि सम्म धान बनाएचन। एस बर्ष सप्पै उल्टो भओ गांठे। अब गामभोरि मटरबाटो खनेर सप्पै गामै धजा झै बना'छन केरे, त्यै धजां परो हाम्रो टारि खेत्नि! त्यांसि बलबिरे ले भनिहालो, "अब देखुनट तो टारि खेत कमाउन सउदिन हजुर, सप्पै खेत जति मटर बाटाले मिच्यो, अब जाआन केटाटि पाल्ननि पुदैन म त अबदेखुन्ट जिम्माल को गैरिखेत कमाउने निधोअरे"। अब जे जस्तो भ'नि आफ्नो बचे कुचेको जग्गा'आ ग'उ छरेको केरे, राम्रै भ'अरैच हुनत। साता दुइ भएच खेतां पानि नलाको, गउ अलि पयंलिएच गांठे। बिआनै उठेर, आज रातितिर येसो पानिओ मेसो मिलाम्न पर्ला भन्नि सोच्दै येसो गाम तिर ठडियेकेरे। गामको पुछारां सिरेओ घर पर्च, येस्सो पसिहाले। गोडा दुइ घन्टाजति फका'सि बल्ल सिरेले भने, "लौ हुन्चतनि"। बेल्का डांडाकि भाउजुकां तुच्च तुच्च पार्नि अनि टारिआं पानि लाम्न जानि सल्ला भओ। मलाइ राति साथिदिए बापत भोलि म सिरेको खाल्टेगरां बारबार्न जानिहोनि फेरि। बेल्का सिरे र म झुम्म झुम्म हुदै हिनेम कुला' मुआनतिर। सिरे, यो टारिओ कुलो काति लामो हो हं? मुहानट पानि चलाओ गांठे हाम्रो खेतसं पुउदा पानि सुक्का। बल्ल बल्ल थुन्दै थुन्दै पानि एस्सो खेतसं के पुउनलाथ्यो कुनचाइले मुआनतिर बिठ्याइ अर्दिदोरइच कुला' पुछारतिर त पानि च्याप्पै। टारिआं पानिलाम्नत सारै दुख गांठे। अब लुदि खोलाको पानिनि मिसाम भने, हिजै फेरि केटारुले दुवालि थुनेर खोलै उता पल्टाछन, पानिपो कसरि मटेर्निहो।
Read Full Discussion Thread for this article