Posted by: Birkhe_Maila December 14, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
ब्या अरेसी मुन्चे सुध्रिन्चन भन्ते सपैले तर यो गोताएँ झन्डै न सुध्रेको। याउँकली ले बल्ल बल्ल सुधारेर छोडीछिन्। शहराँ गा रेचन के रे बुढा बुढी के जाति होनिमून मनाम्न रे अनी हाम्रो गोताएँ ले साइँलीको भट्टी देखेचन हेरी अनि के चाइयो र.... याउँकली सित तुम्बा तान्न जाने भनेर कर अर्न थालेचन। गोताएँ - चट्ट सफा साइँलिको पसल तुम्बा पनि पाइन्छ असल ट्याक्सि मोटर कार, साइँलिको भट्टी मा तुम्बा तानौ यार याउँकली- फलफूलको पसलमा जाउँ न, तुम्बा भन्दा फलफूलकै रस खाउन ट्याक्सि मोटर कार, फलफूल खाउ गोरस खाउ बिन्ति नमस्कार गोताएँ - दुध र घ्यु त बच्चै मा खाइया छ, आजभोली तुम्बा नै चाइया छ ट्याक्सि मोटर कार, साइँलिको भट्टी मा तुम्बा तानौ यार याउँकली - शहर बसि बिर्सेछौ दूध र घ्यु, त्यै हुनाले बिग्रेछ तिम्रो जिउ ट्याक्सि मोटर कार, फलफूल खाउ गोरस खाउ बिन्ति नमस्कार गोताएँ - जुन दिन देखि शहरमा आइयो, त्यै दिन देखि त्यसै मन रमाइयो ट्याक्सि मोटर कार, साइँलिको भट्टी मा तुम्बा तानौ यार याउँकली - कति झिक्छौ अल्लारेपन, मलाइ छोड्देउ कि छोड जाँड खान ट्याक्सि मोटर कार, फलफूल खाउ गोरस खाउ बिन्ति नमस्कार गोताएँ - गयो इज्जत लाइराछ शरम, दोधार भो मन के गरम के गरम ट्याक्सि मोटर कार, साइँलिको भट्टी मा तुम्बा तानौ यार याउँकली - कान समात कुखुरो बनेर, उठबस गर जाँड खान्न भनेर ट्याक्सि मोटर कार, फलफूल खाउ गोरस खाउ बिन्ति नमस्कार गोताएँ - ट्याक्सि मोटल कार, माफ गर आइन्दा तुम्बा खान्न यार यसरी सुध्रेका रेचन नि गाँठे हाम्रो गोताएँ त....
Read Full Discussion Thread for this article