Posted by: shree5 December 14, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
हिजो लाले बेस्सरी सन्किँदै हिँडिराको थ्यो । के भओ र भनेर सोधेको त "हैन, त्यो नेपे साईँलाले कहिले एसेल्सी (SLC) पास अ-यो र ? ताधि त झाम्टे (exempted) जाँच दिनी भन्दै थियो है, चईनी जिम्मालले अरेचन कि कसले गडबडी अरेचन कुन्नि, डाँडाको चईनी प्राथमिक स्कूलाँ पढाम्नी जागिर पाएछ है केटाले त" भन्थ्यो । मैले त्याँसी, "ओहो, अग्घोरै जाति भएछ, साह्रै राम्रो काम पाएछन् केरे नि त नानीहुरलाई पढाम्नी, अक्षर चिनाम्नी, फेरि गाममा अरु एसेल्सी पास अरेका र गाममै जो बस्छु भन्नी त को छन् र त नि? अब दादा र भउतेले भ्याम्दैनन्, गाले (gaalab) मोटे ले बल्ल चईनी नौ कक्षामा पढ्दैछ केरे, चईनी तिमी आफै लालेले क्याम्पस पढ्नी भन्थ्यौ, गोताएँ एउटा बाँकी भओ केरे, तो पनि ब्या अरेसि कता मोरो कता मोरो" भनेर भनें। लालेलाई साईँला सितको कहिलेको रीस रैच कुन्नि, "चईनी किताबाँ गातो हाल्न त जान्दैन, जम्मै मैले हालिदिन्थे, तेसले के कखरा पढाम्नी होला" भनेर भन्दै थिए । जे होस, बिहानै माड्साबले बोलाका छन् भन्थे साँहिलाले, मैले त सुरुमा नबुझेको के, नुकरी पाएका रैचन् र पो त । हेडसरले बोलाका होलान् केरे नि , बिहानै केटाकेटीहुरलाई लाईन लगाम्न परो, चईनी गोडाफाट सतर्क अराम्न परो, त्याँसी नङ् कपाल चेक अर्न परो । त्याँसी हाजिर साजिर अरेसि कखरा सिकाम्नी होला केरे बल्ल । Keep rolling...
Read Full Discussion Thread for this article