Posted by: Bhaute December 13, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
अब ति बिर्खे बाजे नि अचम्मका मुन्छे के। यति बुढो हुँदा नि के हो के हो बानी पनि। माछा धेरै नमरेनि अलि अलि त मर्याथ्यो, एक दुइ छाक हुने गरि। बाडि चुँडि अर्दा अलेलि तिनको भागमा नि परिहाल्थ्यो नि बुढाले त खुसुक्क सुर्वालको ईँजारो खोलेर भित्र हालेछन् माछा। अब तो खिर्रोको चोपले रनाहा मात्र भाको माछा, मरिसकेको छ भन्ने ठानेछन्। माछा त भित्र गएर फत्रया फत्र्या अर्न थालेछ के रे। वरि परि सप्पै गाम्का तरुनि के रे, दुकुर्दै थे, ढुङ्गाको काप तिर माछा समाउँदै। :-)
Read Full Discussion Thread for this article