Posted by: shree5 December 12, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
हेर काका बुढा, अस्तिन त धम्की (दमको रोग) ले गर्दा राम्ररी बोल्न सक्दिन भन्थे लाले हुर सित । आज त चईनि बिपत्तै सित फलाकेका छन् है बुढा त । स्यानी-आवैंले के अरिचन् कुन्नि ? अस्तिन मलाई नि बिहानै क्यारम क्यारम भओ र चईनी लाले कहाँ गएर चा-पानी खान परो, दिउँसो तिर गोरु जुधाम्नी कि तेस्तै केही गर्नी सल्लाहा अरम्ला भनेर लाले कहाँ गएँ केरे । लाले त एकसरो मुन्छे केरे, अब स्वास्नी भाको भए पो चईनी बेलाँ घर-धन्दा अर्थीन् र । भर्खर चईनी दैलो-पिँढी पोतेको रैच केरे, त्याँसी लुँडो र रातोमाटो घोलेको पोतारी (भाँडो) चईनी मझेरीमै राखेको रईच । तेती सकेसि आफू भनि अँगेनाँ चईनी आगो ताप्दै चा पकाईराको रैच केरे । खास त चप्ली (चप्पल) त दैला (ढोका) को बाहिर पट्टी जो खोल्न पर्नी त हो, तर अब भर्खर लिप-पोत गरेको ठाममा चईनी खाली खुट्टा हिँडिदिनी हो भने त मेरा खुट्टाको छापै छाप पर्नी भओ केरे लालेका घरको दैला हुँदी, मझेरी हुँदी चईनी जताततै जो । तेसो भएर मैले नि चप्ली लाएर जो भित्र जान्चु भनेर गाको त नराम्रो सित चिप्लेँ केरे । सन्नीका भर जो परेँ तो पोतारीमा झन् । धन्न लालेले फेरि उठाए मलाई र त्याँसी घर आएर चईनी कालो हलेदो र चईनी गाईको घीउ खाको त आर्को उल्का आईलागो केरे । के भओ भनि ठोक्किएको ठाम त चईनी पहिले भन्दा पुनि तगडा भओ केरे, गाईको घीउले होला कि कुन्नि ? जे होस्, अहिले त सप्पै चईनी ठीकै जो छ है । अनि काकाले चईनी माछा मारेको कुरा अर्दै हुनुहुँदो रैच केरे, चईनी लालेलाई गँगटाले टोकेको कुरा र चईनी चेपागाँडा (tadpole) लाई नेपे साँहिलाले चईनी हिले माछा भन्दै हामीले नदेख्नी गरी जाँगेको खोल्तीमा पानी कागत (प्लाष्टिक) को झोलाँ लुकाम्दै अरेको कुरा पुनि भन्नुहोला है, क्यार्न छिपाम्न परो र गाम्ले हुर सित जो त । Keep rolling...
Read Full Discussion Thread for this article