Posted by: Dada_Giri December 12, 2005
Login in to Rate this Post:
0
?
तुसारेको गहिरोबाट नेपेसाहिँला खुस्रुक्क भुतेरहातिर झर्दा खेरि, बुढो सल्लोको खोलातोर लत्रेको हाँगाको झुपुल्लो परेको ठामबाट २टा तामे ढुकुर भुर्र उडे।
तामे ढुकुरले पुनि चिन्छ्न् के यी गुलेली खेल्नी केटाहुर बदमास छन् भन्ने कुरा।
आलु र तामा हजुर,
छेपारोलाई जामा, भ्याकुतोलाई इस्टकोट
हाऽ है, भ्याकुतोलाई इस्टकोट!
एन्द्रकमला फूलको हजुर,
वासना मिठो चल्यो, कहाँ होला
त्यसको बोट!
हा हैऽ, कहाँ होला त्यसको बोट?
हा हैऽ, कहाँ होला त्यसको बोट?
... ... ...
तल खोलाँ भने केटाहुर माछा खोज्ने धुनमा थिए। आज माछा बिरालोले गुँड सारे झैँ ठाम सारी सारी माछा खोज्दापनि हात नलागेसी घरि छेपारोतिर घरि भ्याकुतातिर हेर्दै थिए केटाहुरले त। अझ नपुगेर ढुगांमाथि पो सुत्छन् बा, पौडर ज्यान तताउनलाई के। दमैको राजुले आफ्नो पालिवाला टोपी हातमा लिँदै नेपेसाहिँलाको गुँलेली माग्यो। "यी ढुकुर सुकुर नमार् त ए पापी!" राजुले मासु खाए नि यी चल्ला सल्ला खाँर्दैनथ्यो के प्रकृतीप्रेमी छ। मन पनि कमलो छ के केटोको।