Posted by: nepesahila December 11, 2005
Login in to Rate this Post:
0
?
जिम्वाल बुढाले चौताराँ कैले काइँ रेडियो बोकेर आउँथे। एक ब्यानै एउडा गीत सुन्या त, हरे शिब। अब गीत पनि कस्ता कस्ता निकाल्न थाले। सुन्दै जाँदा पुर्व तिरा’ एउडा बाँसखुट्टे लबस्तरोको गीत आयो, सुरुमा ता राम राम भन्दै थ्यो, आधुनिक भजन होला भनेर सुन्दै गा’ त,
“छोरो ल्याउँछ केटीसाथि, छोरी ल्याउँछे ब्वाइ
नखर्माउली बुहारी त सुकुलगुण्डो ज्वाँइ
श्रीमतीले आँखा तर्छे, वल्लो झर्किन्छे
बल्ल बल्ल सुत्न गयो, कोल्टो फर्किन्छे
श्रीमतीका कोठा भरि लिपिस्टिकका बट्टा
भेटे जति सबैसित गर्दै हिड्छे ठट्टा ।
श्रीमतीको सँधै भरि मिटिङ बैठक भन्छे
पुर्याउन आउँछ सँधै जुङ्गामुठे मान्छे”।
पो भन्छ त। कस्तो दु:शासनको पुनर्जन्म धारी र’ छ र न नी। यस्सो सुन्दा त अहिलेको शहराँ समाजाँ मान्छे तेस्तै नै हुँदा हुनन्। तर तेस्तो गीत गाउन लाज कसरी सक्या होला हि?