Posted by: nepesahila December 11, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
बिहानै उठ्नासाथै हिजो रातीको माइला र दादाको कुरो काँ पुगेछ भनेर था पाउन म मुखै नधोइ चौताराँ आइपुग्या थिं। तेतिकैमा हजुरबा बुढा घरबाड चार भञ्जयाँङ हल्लिनी गरी कुर्लिन थाले। "यो हनबेद्रो साइँलो, रंग न ढङ्गा' मोरो, हैन यल्ले ब्यान ब्यान न्वाएर मन्तर जप्न नी छोडिसयो कि क्या हो? यल्लै घराँ राखेर भएन अब। उ, एक ब्यानैँ गाउँ भरिका उरन्ठेउला मोराहर्का संगताँ लागेर खत्तम हुने भो यो त। ए हरिलठ्ठक, जा त्यो फाँटा' हेम्या' घराँ रुद्रि ला' र आ' छु , सिदा पोको पार्या लेरौनै बिर्सेछ, लौ गै हाल्।" अब परेन फसाद! बुढा' कुरा नमानौं, टिक्न बस्न दिंदैनन्, मानौं, गाउँ भरिका केटी अनि केटाहरुका अगाडिबाट पोको बोक्दै हिड्न पर्छ। जिस्काएर हैरान गर्छन।त्यो गोताएँ र दादाका अगाडि परियो भने ता घर पुगुन्जेलाँ सिदै आद्दि पार्दिन्छन् । पुरी र मुला केरौको अचार त कोसै परा' ड सुङिसक्छन। क्या फसाद अब।
Read Full Discussion Thread for this article