Posted by: Dada_Giri December 10, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
लोल आइते! ---- सिरेले बालुवामा खिर्रो थिचेर माछालाई बिख बनाए। नमे भयो, उसोफा भो सिरेको आज्ञा बमोजिम बिख थिचे। भउतेले ढडिया थापे। जुन खोलीमा पनि छैन, उही खोलिमा भोटी ! आफ्ना पोइलाई बासि, मकै नाठे पोइलाई रोटी !! ... ... ... भउतेले सुसेल्दै गीत गाम्दै थिए, अनि मैले मार सातो टिपेँ। "ए भउते त्याँ माछा भाग्लान् बढि नकराऊ फेरि।" चूप लाए मैले भनेसी मान्चन् के। उताट नेपे दाजी र पुन्टे अनि लाले, बेसिथाने, बिर्खे गल र फुर्लुगं (माछा टिपेसी राख्नी कोक्रो जस्तो सानो चोयाको भाँडो)बोकेर आए केरे माछा मार्नी भनेसी त। "ल ल केटा हो आँधिखोले भोटी मैले छोपेँ। ह्यातत्तेरी पच्छर चिप्ले भागो।" मैले माछा फुत्काउँदै भने। "धत्तेरी! यो भउतेले माछालाई बाठा बनाइसकेछन्। भाग्यो नि। कति ठुलो थियो।" म पछुताउँदै माछा फुत्केको रिस भउतेतिर पोखेँ। "फुत्केको माछा ठूलो देखिन्छ दादा!" भउतेले मलाई सहानुभुति दिँदै भने तर नमे भने माछा देख्न नपाएकोमा पछुताउँदै सोधे, "कत्रो थियो नि दादा?" "तिम्रा पिडौँला जत्रो थियो, रामोराम!।" मैले अलिकति गफ मिसेँ। पछि बिख लागेपछि भने माछा अलिअलि निस्के। नेपे दाजीले च्याप्प च्याप्प यार माछा त। साझाका केटाहुरलाई गणतन्त्रमा लट्ठ पार्नी नेपे दाजी अब खिर्राको बिख पाएसी आँधीखोले भोटी के बाँकि राख्न! उसै त खिर्राको बिखमा लट्ठ परेका माछा नेपे दाजीको त हात खोज्दै हिँडे झैँ भो भनम् न। अनि माछा पोलेर खान लागियो आँधिको तिरमा। उताट पुन्टे दाजीको छोरो भुन्टे र गोताएँको छोरो स्यानु गोताएँ पनि आए। स्यानु टुक्रो दिए केरे सिरेले, "लाओ तिमेरुले खानी जस्तो यही गंगटो छ।" भन्दै गंगटो दिए। फुच्चेहुर त मख्ख। तिम्रो बाबु मेरो बाबु माछा मार्न गाको, तिम्लाई पुच्छर मलाई टाउको बराबरी भयो मायाले! ...
Read Full Discussion Thread for this article