Posted by: shree5 December 10, 2005
To Admin--I received my password 22 times
Login in to Rate this Post:     0       ?        
नेपाने जी, (फेरि रिसाउन् होला तेसै नि सन्किराको बेलाँ), न्यौपाने जी , ल त University of Calgary मा नेपालीहरुको जनसँख्या धेरै छैन, त्यसमा पनि सिरे बाहेक साझाँ बरालिने खालका त कोही पनि छैनन् हजुर, ढुक्कै हुनुस् । कोही बदमाश आएर यूनिभर्सिटीको लाईब्रेरीबाट तपाईको पासवर्ड ह्याक गर्ने कोसिस गरे होला भन्नलाई पनि तपाईँ त साझामा पनि आँखाको नानी जस्तो, कसैलाई नबिझाउने, आँखामै हाले हुने जस्तो सबैको प्यारो मान्छेलाई त कसले त्यस्तो ग-यो होला र ? बरु सँयोगबश मेरो पनि ईमेल ठेगानामा तपाईँले पहिले भन्नु भएकै दिन त्यस्तै २२-२५ वटा ईमेल आएको थियो है । अब आफू त साथी, समर्थक पनि टन्नै, दुश्मन हरु पनि टन्नै हुने मान्छे, जहाँ गए पनि । कुन चाहि ढाल फुटेर जन्मेकाले मेरो एकाउन्ट ह्याक गर्न खोज्यो होला, गरि हालेछ भने पनि सान दाईसँग २-४ चोटि ईमेलमा कुराकानी गरेकै छु, भनेसि परि आएछ भने पनि न्याय पाउँला नि भन्ने ठानेर ती ईमेल जति मेटिदिए । हुन त कहाँबाट आको भनेर मैले त "हेडर" को ओरिजिनेटिङ्ग आईपी त चेक गरिन है ईमेलको । भनेसि सर्भरकै वा डाटाबेस ट्रान्ज्याक्शन तर्फ वा त्यस्तै कतै तिर केही भएको पो हो कि ? अस्तिन एक पटक एउटै थ्रेड दुई पटक देखिने, एउटै पोष्ट दोहोरिने जस्तो पनि देखिएको थियो, अहिले पनि पोष्टमा हाईपरलिङ्क लेखे कहिलेकाही त्यही थ्रेडको लिङ्क बनिदिन्छ क्यार । तैपनि जे होस, म मेरा sleuths हरुलाई फेरि ब्यस्त बनाउँछु है त । Keep rolling...
Read Full Discussion Thread for this article