Posted by: lau ta lau December 9, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
आज बिआन दुखुन्टै क्यारम क्यारम भअथ्यो। कुखुरो बास्निबित्तिकै उठे, कुडो बसाले, टौवा'ट पराल थुतेर भैसि गोरुलाइ दिए असित्या'ट दुउन बाअन सकेर यैनाआ छेउमा बसेर चाआ खादै बस्योथिए, "आज क्यारनि होला दिनभोरि" भनेर सोच्दै। येस्सो मुडो झोस्न मत्रै के ला'थिये, एउटा मुन्छे मार्निको पछारियोकेरे मेरो घरको मझेरिमा। मेरो त गांठे हौसले ठाम छोड्यो, लौन के भओ, लौन को हौ तिमि भनेर हकानिदै मझेरि तिर दौडेकेरे। येसो हेरेको त हाम्रै सिरे पो रइचन गांठे। अनि मैले सोदे, "ए सिरे किन के भओ तिम्लाइ"? अनि सिरे बरा सुस्तरि फर्केकेरे। येउटा हातबरा चेपुमा राखेका आर्को हात त हैन पिसाप फेर्नि ठामथिम राखेकाकेरे। अनि मैले फेरि सोदे, " सिरे के भओ पुवा सुवा बनाम? कि तात्तातो घिउ खान्चऔ"? बरा सिरे सन्निओ भर परेचन केरे, बाक्केनै बन् भयेच। एउछिन पछि बल्ल बल्ल उठे उठ्नत गांठे। १, २ घन्टापछि त ज्यानटुरुम्यान (Gentleman) नै भैहालेनि। त्यासि बल्ल हाम्ले दिउसो के गर्ने भन्नि कुरामा बात मार्न थालेम। कुरो क भओ भने आज दिउसो लुदि खोलां दुवालि थुनेर माछामार्नि अनि बेल्कि भुट्या माछा सित तुच्च तुच्च पार्नि। अनि सिरे र म भअर खिर्रो ( माछा को बिष) खोज्न हिडेम। बाटा'आ भौते, दादा, नमे, बिर्खे सप्पै भेटिये। आब गोताये को मधुमास चलिराको केरे, म भरे तुच्च तुच्च पार्न आउचु अइलेलाइ येस्सतै भओ पो भने। त्यासि खिर्रो, चिलाउनिआ बोक्रा लियेर खोला'आ गअम। दादा बलिया मुन्छे केरे, मजाले खनेर चपरा निकाल्न थाले, म र बिर्खे भअर दुवालि थुन्नतिर ला'म। भौतेले तल ढडिया थाप्न थाले। आज बेल्कि गज्जाप हुनि भओ गांठे।
Read Full Discussion Thread for this article