Posted by: Birkhe_Maila December 9, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
“के चाहियो कुन्नि?” नौलो मान्छे देखेर अलिकता अपठ्यारो र अलिकता डरले मसंग बोलिन्। मैले बोलाएको सुनेर दाइ पनि ससर्केर उठे र म तिर हेरे। “पानी खाउँ न साहूनी” मेरो कुरा झर्न नपाउँदै उनि चुल्होतिर गइन् र पित्तल को गाग्रि बाट एउटा अम्खरामा पानी सारेर मलाई ल्याइदिइन्। मैले एक सासमा आधा अम्खरा पानी सकेँ र अम्खरा दाइलाई दिएँ। “यता बास कता पाइन्छ होला साहुनी?” खालि अम्खरा दिँदै मैले सोधेँ। “काँ बाट आउनुभाको हो?” ह्याँ त बास पाइन्न के रे” एक नजर दाइतिर दिँदै उनी बोलिन्। नउलो मान्छे लाई बास दिन अन्कनाएको मैले प्रष्ट बुझेँ। शायद दाइको ज्यान र लुगा ले उनी तर्सिएकी थिइन्। जुन गाउँमा गए पनि नचिनेकोलाइ बास दिन डराउँछन आजभोलि! दिनभरिको हिँडाइबाट लखतरान भएकोले राम्रो बास हाम्रो लागि अत्याबश्यक थियो। फेरि बाहिर जता पायो त्यहिँ रात बिताउन पनि साह्रै खतरनाक थियो। पहिला पहिला ठुलो जङ्गल थियो जङ्गलि जनावरको डरले मान्छे बाहिर रात बिताउन डराउँथे तर अहिले स्थिती फरक छ। वन मासियो, जनावर हराए तर डर भने अझ बढेर गयो। मान्छेको डर! रात भरि जङ्गलमा डुल्दै हिड्ने बनमान्छे र ऊनिहरुलाई खोज्दै हिड्ने शिकारीहरुले भेटे भने भोलि पल्ट बिहानि देखिने हो कि हैन भन्न गारो हुन्छ। “साहुनी! अप्ठ्यारो नमान्नुस न…….म सिमलचौर को जिम्वाल हुँ अनि वहाँ मेरो दाइ सानैमा लाहुरे भएका, हामि माओवादी पनि हैनौँ अनि पुलिस आर्मि पनि हैनौँ“ मैले बास पाउने आशले भएको कुरा गरेँ। अलिकता अन्यौलको भावले उनले मलाई र दाइलाई हेरिन्। “ल एकछिन पर्खनु के रे” यति भनेर उनि भित्र गइन् र एकछिन मै बाहिर आइन्, शायद उनको लोग्ने अथवा कसैलाई सोध्न गएकी हुनु पर्छ। “भात खानुहुन्छ भन्देखि ह्यइँ पनि पाइँछ के रे” उनले आखिर हामिलाई बास दिने निधो गरिन्। खै अब सबै बिस्तारमा भन्दै गयो भने रात बित्छ त्यसैले छोटकरिमा भन्नु पर्दा लाउरे दाइलाई बिदा अर्न गएको के रे त्यसैले चौतारिआँ आउन पाइएन। त्याँ बास बसेर भोलिपल्ट लाऊरे दाइ हिँडे के रे मुग्लान तिर अनि म चाइनेजो बिस्तारै बिस्तारै फर्केँ गाम मा। गोताएँ को ब्या कस्तो भयो ?
Read Full Discussion Thread for this article