Posted by: Birkhe_Maila December 9, 2005
Login in to Rate this Post:
0
?
बेशिथान बजार मा आइपुग्दा झमक्क रात परिसकेको थियो। ओरालो झरेर थाकेको ज्यान कता गएर लडाऔँ जस्तो भै रहेको थियो। दाउरा बलेको धुवाँ को गन्ध र खाना पाक्दै गर्दा आएको गन्धले मेरो भोक अझै तिव्र हुँदै थियो र लाहुरे दाइ को पनि शायद त्यहि हाल थियो होला।
एऊटा पसलको अगाडि राखिएको बेन्चमा, बोकेको झोला र कुम्लो राख्यौँ र हामी पनि त्यहि बेन्चमा बस्यौँ। तिर्खाको तिव्र आभाष सुकेको घाँटि र शुष्क मुखले दिदै थियो।
दाइले भित्तामा अडेस लाएर आँखा बन्द गर्नुभो, शायद थकाई भुल्ने कोशिसमा हुनुहुन्थयो। मैले पसलतिर हेरेँ। सामान्य गाउँले बजारको पसल थियो, फल्याकको लामो लामो केहि तखता बनाएर एक माथि अर्को खप्टिँदै गएर बन्द गर्न मिल्ने तुलनात्मक रुपले केहि फराकिलो ढोका बनाइएको थियो, जुन अहिले खुलै थियो जसले गर्दा भित्र पट्टि राखेको ‘शो-केस’, अर्को कुनामा झुण्डिएको ४० वाटको बत्तीको धमिलो पहेँलो उज्यालोमा समेत म बसेको ठाउँ बाट प्रस्टै देखिनथ्यो। ‘शो-केस’को शिशा मैलो र अझ धमिलो थियो जसले त्यसको कहिले पनि सफा नगरिएको इतिहास बयान गर्थ्यो। त्यस भित्र केहि वाइ वाइ चाउचाउ, केहि बिस्कुट जुन कुनचाहिँ हो भनेर मैले छुट्ट्याउन सकिन, केहि कुखुराको फुल र केहि प्लास्टिकका झोलाका पोका हरु राखिएका थिए। उता भित्ता पट्टि भने गाउँको सामान्य पसल मा हुने प्राय सबैकुराहरु राखिएको थियो। बत्ति भएको कुनामा चुल्हो थियो र त्यहाँ केहि कुरा पाक्दै थियो।
केहि बेर म त्यत्तिकै बसेँ र हिजोको कुरा सम्झेँ। कति रमाइलो भैराखेको थियो! लाहुले दाइ घर आएका, चौतारिमा सबै संग रमाइलो कुरा गरेको, गोतामेको बिहेमा जन्त जान भनेर ठिक्क परेको ईत्यादी ईत्यादी…. तर अचानक् लाहुर बाट दाइलाई चिट्ठी आयो र हतार हतार राति नै हिड्नु पर्ने भयो! लडाई मा जानु पर्ने भयो रे। लाहुले दाइले त पर्दैन भन्दै थिए तर मैले कर गरेर बेशिथान सम्म सङ्गै जाने भनेर म पनि हिंडे। के गर्नु दाइको माया लाग्छ अशाध्य! सानैमा लाहुरे भएका दाइ, फेरि अहिले काल जमाना ठिक छैन। नौलो मान्छेलाई शंकाको द्रिष्टिले हेर्छन आजकल जता ततै। त्यसैले म संगै हिड्न खोजेको। बिचरा लाहुरे दाई! कयौँ बर्ष पछि गाउँ आउनुभएको। केहि दिन पनि आनन्दले बस्न पाएनन्!
तिर्खाको अर्को तिव्र आभाष ले गर्दा म उठेर अगाडि गएँ। कोहि देखिन।
“साहूजी!!” कोहि आउला कि भनेर मैले बोलाए।
एक जना अधबैँसे महिलाले भित्र बाट चिहाइन्, मलाइ हेरिन् र अगाडि आइन्।
.................................................