Posted by: nepalean December 9, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
लाली गुराँस चुल्ठैभरि पिरती लाएकोऽ माया खेर नजाओस् है (गाई चराउने) सम्बन्ध हाम्रो दुई दिनको होइन

जनम् जनमकोऽ माया, खेर नजाओस् है। ------------------------------------ यसले त कुडहर फाटमा भैसि चराको याद आयो । एस एल सि बिदा, चैत बैशाख को चर्को घाम, भर्खर काटिएको गहु को फाट छात ओड्दै भैसिको पिछा, फाटको नपुगेको ठाम नै छैन होला । बिजयपुर पारि मिलेटेरि टेर्निंङमा पट्केको गोलिको आबाज बिजयपुर खोलाकको चिसो बतास सगै कानमा ठोक्किन पुग्थयो तर कैले काइ भैसि हराको झोकमा तातो रातो कानलाइ त्यो चिसो हावाले पनि केइ गर्न सक्दैनथ्यो । अन्नपुर्ण शिर्खङकला मुस्काउदै देश बिदेशका पर्यटकलाइ आकर्षित गरिरहेको बेला आफुचाइ त्यो खडेरि मासा कुडहरको फाटमा हरियो घासको खोजिमा हुन्थे र भैसिको बथानलाइ तेतै लगेर पेट भराउने सोचमा हुन्थे । कैले काइ दिक्क लाग्दा भैसिको बथान छोडेर बिजयपुर पारिको मेलेटरि क्यामपमा भर्ति हुन जाम कि जस्तो लाग्थयो । अर्को तरिकाले भन्नु पर्दा अब भैसि चराउने काम भन्दा माथि केइ छैन र भर्ति भए ठुलै प्रोमोशन हुनेथियो, तेस्तो कुर दिमाग मा भरिइराख्थ्यो । अगाडि त धेरै गौडाहरु रचन तर त्यो बेलामा क्षितजसम्म पुरै खालि थियो, मात्र देख्थे बिहान उदाउने सुर्य दिउसो ठ्याक्कै टाउको माथि हुन्थ्यो र तेसबाट बच्न तेइ थोत्रो चाइनिज छाता । तेसपछि त बस चढियो, ट्याक्सि चढियो, आखिरां त तेइ सुर्य बस्ने आकाशां जाहाजै चढेर सेता मुन्छे बस्ने ठाममा आइयो । यस्तो थाहा पाको भए भैसिको बथान छोडेर टुटुंगाको चौरमा बिजयापुर को हावा संगै अर्कै दुनयामा हुन्थे होला । अनि त भैसि हरार फेरि खोज्न हैरान------------
Read Full Discussion Thread for this article