Posted by: shree5 December 8, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
हिजो येही चौतारीमा केटाहुर को को आका छन्, भनेर छक्काल चईनी १२ बजे तिर लाले आको त भउतेले चईनी यहीको पिपलको रूखमा चईनी के के पुजा अरि राका रैचन । के के हो धागो बाँध्नी, अनि जल - पानी के के पन्चामृत चराम्नी गरि राका थिए अरे । लाले ले ठिकै छ आज ब्रत सर्त केही होला भनेर छेउको ढुङ्गामा बसेछन् केरे आर्का तिर फर्केर । अनि एकै छिनमा मान्छे हिँडेको सुनेछन् केरे, अनि भउतेले पुजा सको होला भनेर "ए भउते के को ब्रत छ र ? " भनेर सोध्दै पछाडि फर्केको त भउते त खङ्ग्रङ्ग तर्सिए अरे । येसो हेरेको त हातमा मुठीभरि चईनी तील र चामल लेर लालेलाई छ्याप्न ठीक्क परेका अरे । अनि लालेले सबै कुरा खो-याएर सोधे पछि थाहा भएछ । लालेको लामो कपाल देखेर भउतेले त यो पक्कै आईमाई मुन्छे हो भनेर सोँचेछन अरे के । लालेले मलाई त "आईमाईहुर चईनी जहान केटाकेटीलाई अलि दिन भउतेसित तर्केर हिड्न भन्नू" भनेर भन्थे । तर लालेका सप्पै कुरा पत्याम्न हुन्न केरे, भउते सित के कुरामा रिस उठे होला, अब पहिले पहिले पुनि भउतेले "लालेले रउसी खानी पैसा मागेरै हैरान गर्च, चईनी पाँच, दस रुप्याँ दियो, दिँदा थोरै देखिनी, मेरो पैसा त कति खायो कति, चईनी अब त दिन्न तेस्लाई रउसी खानी पैसा" भनेर भन्थे । सके तेस्तै भए पछि लालेले चईनी भउतेको भएका-नभएका कुरा काट्दै हिँडेको पो हो कि, के हो के हो । Keep rollling...
Read Full Discussion Thread for this article