Posted by: shree5 December 8, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
त्याँसी लालेले पो मलाई आर्कै कथा सुनाए त । लालेको कुरा अनुसार त खास कुरो त के भनी गाममा केटाहुरको एकसे एक बिहाबारी चईनी घरजम भओ केरे । अब कोही आफैले पढाका, कोही गाँजा खानी, कोही रउसी खानी तेस्ता सबैका चईनी भकाभक बेहाबारी हुनी, तेत्रो चईनी पढेलेखेका, अझ आफ्नै चईनी कुटानी-पिसानी मिलको मालिक पुनि भाका भउतेको केही अत्तोपत्तो छैन केरे । त्यस पछि बिरक्त मानेर एक दिन भउते काका कहाँ गएचन् केरे । सबै भलाकुसारी चईनी दुखेसो अरेसि काकाले - "अब क्यार्नी त नि, तिनीहुरले जाने के, चईनी एकुन्टा तरुनि टिपिहाले, घरि अघि लागेर घरि पछि लागेर जसरी भए पुनि चईनी तरुनीहुरलाई आफ्नो बनाईहाले, तिमी भने सिधा मुन्छे, तेसो अरेनौ केरे । अब कि केटी खोज्न जो जान परो केरे केटीका बाबु-आमा थिम, कि आफै पाको गर। " भनेर अर्ती दिएछन् केरे । त्याँसी भउतेले "लौन काका, जे भा पुनि झट्टै जो गर्न मिल्दैन त केही पुनि?" भनेर सोधेछन्। काकाले चईनी "माथि सिमलचौरमा चईनी लटे झाँक्री छ, तेसले चईनी टुनामुना, मोहनी लाम्नी मन्तर जानेको छ, तेसो भएसि लटे झाँक्रीकहाँ गएर जे भए पनि फुकफाक गरेर ल्याउ, अनि त्यो कुरा केटीलाई खुवाइदिएपछि केटी त भुतुक्कै तिमी भनेसी " भनेर भउतेलाई बुद्धि लाईदेछन् केरे । भउते पुनि गएछन् लटे झाँक्री काँ । खास त खानी कुरा मन्तर गरेर त अब खुवाईहाल्न परो केरे, अब एक-दुई दिन भित्रै जो खुवाउन नसके त खानी कुरा त सड्नी भयो, अनि मोहनी लाम्नी मन्तर गरेको त कामै लागेन केरे । त्याँसी तीलका गेडा र चईनी चामलका अक्षता मा मोहनी मन्तर गरेर चईनी कटुसको पातमा बेरेर चईनी जाँगेको खोल्तीमा राखेर हिँडेका छन्। जतिखेर पुनि के हो मन्तर गुनगुन गरि राख्छन् अरे । अनि मैले त लालेलाई "हैन होला, बोलीको सही छैन तिम्रो पुनि, झुटा कुरा अर्चौ चईनी नभाका कुरा लाम्दै हिँड्छौ, अलि पत्याम्न मिल्नी कुरा गर्न पर्च नि साथीहुर सित त" भनेर भने । लालेले त कहाँ उल्टो म सँग जङ्गिदै, "भुत्राको नहुनी नि, तिमीले देखेकै त छौ नि मेरो कपाल लामो छ केरे, हो कि हैन " भनेर सोधे । हुन पनि छ केरे लालेको कपाल एक बित्तै लामो । मैले हो भनेँ ।
Read Full Discussion Thread for this article