Posted by: shree5 December 8, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
हिजो एउटा गाम्लेकै मेलाँ गाका थिएम् । भउते पुनि तेँही जो थिए । त्याँसी कसले हो ठेकी भरि मोही ल्याए केरे, अब चाखम त नि, कस्तो होला भनेर मैले खाएँ केरे पहिले । त्याँसी त भउतेलाई पुनि कुतकुत लागेछ केरे, अनि, "जवईँ, कस्तो छ त नि तो मोही, चईनी कैफियत बेगार सेगार त गर्दैन होला केरे ?" भनेर सोधे । मैले पनि, "यस्ता मोही त कति खाईयो कति खाईयो, क्यार्न मोहीले पनि बेगार गरोस र नि, खानुस जति खाए नि हुन्च " भनेर भनें है । एकै छिनमा त भउते त फत्र्या फत्र्या गर्न थाले केरे, टाउकै दुखो, मुटु जो खाओ भन्न थाले है । अनि मलाई चईनी तपाईँले भनेर त हो नि मोही खाको भन्न थाले । मैले पो क्यार्नी हो र मलाई पुनि भनन टाउको दुख्न थालो केरे । कसो कसो अर्दा त भउते भनि फेरि दुरुस्तै जो भए । मलाई त अझै पुनि टाउको दुखिराको छ, अनि "हैन जेठान, सुनाम्नुस न कसरी हो यो टाउको दुखेको बिसेक बनाम्नी" भनेर सोधेको मरि गए भन्नी हैनन् केरे । लास्टाँ "यो मन्तरेको मोहीको मन्तर झार्नी उपाय त छ, मलाई बिसेक बनाम्नी गरी चईनी झारफुक गर्न पनि जानेको छु, तर तपैलाई निको पारिदिए भने मेरो मन्तर चईनी कच्चा हुन्च, कमजोर हुन्च, तेसो भएर आफै केही उपाय गर्नुस । मेरो मन्तर एउटा ठूलो काममा लगाउन बाँकी छ के । " भनेर भने केरे । एकै छिनमा मेरो टाउको दुख्नी पनि बन्द भयो आफै जो । उता म भनि भउतेलाई के भएछ, चईनी धामीझाँक्रीले जस्तो कुरा अर्चन गाँठे एकाएक जन्तर-मन्तरका कुरा अर्चन, फेरि के के जाति बिगार पर्नी चईनी कैफियत पर्नी कुरा अर्चन भनेर ट्वाल्ल जो परि राखेको थिएँ । एकै छिनमा लाले आईपुगे । अनि मैले "हैन लाले, भउतेलाई के सिरिङ्गी चलेछ कुन्नि, धतुरो सतुरो खाएछन् कि क्यारेचन कुन्नि, खाली धामीझाँक्री ले जस्तो मन्तर सन्तर, चईनी बोक्सी जगाम्नी, भूत झार्नी के के हो के के कुरा अर्चन, मैले त चीत खाएँ " भनेर भनेँ । लाले त मूर्च्छा परेर हाँसे । मैले त झन केही पुनि बुझिन, अब कता लालेले पुनि बोक्सी जगाउनी र भूत लखेट्नी कुरा गर्नी हो भनेर डर पो लागो त ।
Read Full Discussion Thread for this article