Posted by: shree5 December 7, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
लाईभ भनेको पुरै चध बाट चल्नी, सुजीको मुख्यत: पर्सनल र ईन्टरप्राईज भन्ने दुई वटा लाईन छ, पर्सनल भनेको फोकटमा पाईन्छ, र डेक्सटप मा प्रयोग गर्ने (विन्डोजको एक्सपी भने झै) र यसमा केही व्यक्तिगत टेक्निकल सपोर्ट दिदैन कम्पनीले । ईन्टरप्राईज भनेको चाहि सर्भर को लागि (विन्डोजको सर्भर २००३ भने झैं) र यसको भने लाईसेन्स किन्नु पर्छ जस बापत समस्या परेमा नोभेलमा फोन गरे हुन्छ, टेक्निकल सपोर्ट पाईन्छ । धेरै जसो लिनक्स बेच्ने कम्पनीहरुले त्यही मोडेलमा काम गर्छन, जस्तो रेड ह्याटको पनि ईन्टरप्राईज र फेडोरा छ । अनि नयाँ नयाँ cutting edge सफ्टवेयर community edition मा राख्छन र त्यसमा देखा पर्ने समस्या, बग आदि समाधान गरेर battle-hardened खालको चाहि enterprise edition निकाल्छन, जुन स्वभाबत: धेरै नै स्टेवल पनि हुने भयो । Keep rolling...
Read Full Discussion Thread for this article