Posted by: Bhaute December 7, 2005
King Birendra's justice
Login in to Rate this Post:     0       ?        
नेपे ज्यू धन्यबाद। आज भन्दा करिब १० बर्ष अगाडि अहिलेका मकरमन्त्री र तत्कालिन खुङ्खार बाम राजनितिज्ञ राधाकृष्ण मैनाली द्वारा लिखित "लुटिएका दुई थुँगा फूल" भन्ने पुस्तक पढ्ने सुअवसर मिलेको थियो। उक्त सृजनाका सर्जक चाहे मरेर मरुन या जिउँदै मरुन, सृजना चाहिँ अनन्त जीवन्त रहने खालको रहेछ।त्यति बेलाको १८ बर्षे जोसिलो हृदयलाई पनि पगाल्न समर्थ उक्त पुस्तक पछि सायदै कुनै पुस्तकले मेरो आँखा रसायो होला।आज यो ळेखले फेरि उक्त कृतिको सम्झना गरायो। यी भिम नारायण उनै दुई फूल मध्य एक जस्तो लागेर फेरि भावुक भएँ। गल्ति भए माफ पाउँ है। जे होस ती लुटिएका दुई थूँगा फूल, याने कि, यज्ञ बहादुर थापा र भीम नारायण श्रेष्ठ प्रति मेरो श्रध्दा सुमन। :-( -भउते
Read Full Discussion Thread for this article