Posted by: shree5 December 7, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
सिमलिन ले भने झै विन्डोज खेलाईसकेका साथीहरुलाई मैले पनि "सुजी" (SUSE) नै सिफारिश गर्दछु र अर्को किन पनि भने NOVELL ले डेक्सटप सँस्करणमा काम गर्दैछ रे भित्र - भित्रै । NOVELL भनेको मूलत: नेटवर्क मा काम गर्ने कम्पनी भएकोले उसको चासो नै लिनक्स, विन्डोज आदि लाई एकापसमा काम गराउने हो । र उसले सुजी कम्पनी किनेकै पनि त्यही कारणले होला ।अनि मैले अघि भने झैँ सुजीमा धेरै विन्डोजका प्रोग्रामहरु सहजै चल्छन्, WINE मार्फत चलाउने सपोर्ट पनि सुजीमा साह्रै राम्रो छ, फेरि MONO मार्फत .NET Framework का प्रोग्राम हरु पनि सहजै चल्छन । सुजीको "लाईभ सिडि" सँस्करण पनि छ । तर मलाई डेबियनको बारेमा केही पनि थाहा छैन, हुन सक्छ सिकारु हरुलाई यो अरु भन्दा सरल छ होला । त्यसैले एक पटक सोधखोज गरेर प्रयोग गर्नु भए हुन्छ । सिक्ने मानिसहरुलाई Ubuntu धेरै नै घाँडो छ अझै, हुन त यो आएकै १ वर्ष जस्तो भयो क्यार । हार्डवयर सपोर्ट पनि गर्दैन राम्रो सँग जबकि सुजी विन्डोज जस्तै सबै हार्डवयर आफै "प्रोब" गर्दै जान्छ । तर लिनक्स भित्रकै सिस्टम आर्किटेक्चर, अनि कस्टोमाईजेशन हेरी भन्दा खेरि चाहि Ubuntu धेरै पावरफूल र राम्रो छ, अझ सर्भर -सिस्टमको लागि । अरु सबै डिस्ट्रोको अनुभव बाट खारिएर आएकोले Ubuntu एउटा "प्रोमिसिङ्ग प्लेयर" त होला नै पक्कै, तर यसमा सिक्नको लागि ठीक छैन, मैले मेरै अनुभवको आधारमा भनेको है । जे होस, रातामाटे जेठा (redstone) लाई मेरो अग्रिम शुभकामना है । Keep rolling...
Read Full Discussion Thread for this article