Posted by: shree5 December 7, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
ए काका (kick), चईनी कता'ट सिरिङ्गी चलो त नि काकालाई आज चौतारीमा जो आम्नी ? जहिले पुनि तेही चौतारी मास्थिर को बाङ्गे सुर्काको डिलाँ बसेर चौतारीमा चईनी को को ले के के बात मार्चन, सप्पै सुन्नी, बुढा तल तिर आम्नुस येही समीका फेदाँ बसेर चईनी बात मारम, भलाकुसारी अरम भन्दा कहिले पनि नझर्नी गर्थे केरे । हिजो लाले ले बेसरी जो हुकेका थे केरे काकालाई " क्या हो, जहिले पुनि हाम्रो कुरा मत्रै सुन्नी, तिमीले त कहिले पुनि बात मार्दैनौ है काका, अब पुनि यस्तै ग-यौ भनी चईनी माथि नेपेले बारी जोत्याछन, तेहीका माटाका डल्लाले भकुर्छु " भनेर थर्काका थे । आज भनि तेति भएसि झरेछन बुढा । ल बस्नुस काका, अब तपै त चईनी यो ककड-भुसाहा तान्नु हुन्न केरे, येही देउराली सिखरेट सल्काम्छु, तेही तान्नु होला । Keep rolling...
Read Full Discussion Thread for this article