Posted by: shree5 December 7, 2005
MEN-- psychopaths?
Login in to Rate this Post:     0       ?        
आर्को पँधेरो, धन्न यो कुवामा भनि केटाहुर पुनि केटीहुर पुनि चईनी सप्पै जातका सप्पै खाले मुन्छे आम्दा रैचन । हिजाऽज साझा गामको जातिबिधी जो धेरै जो विकास भाको छ, जता ततै पँधेरै पँधेरा। पानीको त दु:खै छैन । चईनी धेरै त कुवा मत्रै के फेरि । कोही भने ढुङ्गे धारा, कोही ईनार, कोही त अझ सिल्मट्टी (cement-concrete) लाका कल- धारा, कोही नल्की, कोही बाहुनका मत्रै पँधेरा, कोही मँगली (mongolian) तरुनीहुरले मत्रै चलाम्नी चईनी कपडा फेर्नी पँधेरा, चईनी कोही राजाका नोकर-चाकरहुरले मत्रै नुहाम्नी पँधेरा । फेरि के भा को हो कुन्नि, येसो सँसाराँ कतै पुनि भोज-भतेर त हुनै हुन्न, चईनी दुई-चार वटा कुवा त तुरुन्तै जो खनी हाल्चन् हाम्रा गाम्ले हुरले । ल ल,खनम खनम, चईनी भानुभक्त बाजेले पुनि घाँसीले कुवा खनेको देखेर चईनी कुवै खन्न पर्च भनेका थिए केरे आफ्नो बैँसको बेलाँ । Keep rolling...
Read Full Discussion Thread for this article