Posted by: shree5 December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
लिनक्स प्रयोग नगरिसकेका तर लिनक्सप्रति आकर्षित सबैलाई एउटा "टिप्स" भने दिनै पर्ने जस्तो लाग्यो र हात चिलाए के । मैले आफूले भोगेका केहि अप्ठेराहरु नि: कुरो के भने हामी विन्डोजमा C:, D:, E: आदि भन्छौँ जुन (मेरो विचारमा) साह्रै नै नमिल्दो र अवैज्ञानिक छ - लिनक्स हेरिकन । लिनक्समा भने हार्डवयरलाई सफ्टवेयरमा पुरै abstract गरेको हुन्छ, हरेक हार्डवेयर पनि एउटा file नै हो । तर यसको मतलब बिन्डोज जस्तो होईन नि फेरि, तपाईँले हार्डवेयरको सबै चीज access गर्न सक्नु हुन्छ, साथै आवस्यक परे पुरै लिनक्स अपरेटिङ्ग सिस्टम नै source code लेराएर आफूलाई चाहिने गरी तोडमोड गरेर compile गर्न सक्नु हुन्छ । वास्तवमा सफल "kernel recompile" तपाईँको लिनक्स ज्ञानको पहिलो परीक्षा पनि हो । भने पछि अलिक तलको तहमा (जुन नियमित प्रयोगको हिसाबले अप्रासँगिक छ), hard drive लाई hda1, hda2, hda3... sda1... आदि भन्छ । त्यो भनेको hd भनेको IDE, sd भनेको SCSI, a,b,c भनेको physical device र 1, 2, 3 भनेको partition. तर सुरु सुरुमा प्रयोग गर्दा यो जानिराख्न जरुरी छैन, सबै चीजको सुरुवात root [filesystem, root-user is different] भन्ने बाट हुन्छ, जसलाई "/" ले चिनिन्छ, अनि root मा folder बनाउनुस windows filesystem मा जस्तै नै अनि ती folder मा hard drive, CD, USB device, जे जे मन लाग्छ तेही तेही mount गर्नुस । भनेको एउटा केही पनि फाईल नभएको empty folder मा अर्को पुरै device नै mount गर्न मिल्छ जसमा regular files and folders हुन सक्छन्। यसरी सँसारमा भएका सबै कम्प्यूटरका फाईलहरु पनि एउटै directory structure भित्र लेराउन मिल्दो रहेछ लिनक्समा । तर "C:\" खोज्न थाल्दा जुनि गाको थियो मेरो पनि । अर्को कुरा चाहि path separator अगाडि झुकेको forward slash ("/") हुन्छ है लिनक्स मा, जस्तो, /home/shree5/hello.html भनेको root ( पहिलो "/" भित्र home भन्ने directory भित्र shree5 भन्ने directory भित्र भाको hello.html भन्ने file).
Read Full Discussion Thread for this article