Posted by: shree5 December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
खुशीको कुरा NOVELL SUSE ले फोकटमा Live CD पनि निकालेको छ, त्यसैले download गरेर CD burn गर्नुस, अनि चल्न मन लागेको बेलामा जति चले पनि भयो नि, होईन र ? लिनक्समा राख्ने हरेक प्रकारका सफ्टवेयर फोकटमा पाईन्छ जुन व्यापारिक विन्डोज सफ्टवेयर भन्दा धेरै गुना राम्रा, स्टेवल, पावरफूल र सुरक्षित छन्। त्यसको लागि, मुख्यत: www.sourceforge.net नै होला, त्यस्तै ताजा ताजा सफ्टवेयरको लागि, freshrpms.net पनि छ । अरु कुराकानीमा छलफल गर्दै गरम्ला, मलाई थाहा छ, साझामा खाँटी लिनक्सका गुरुहरु पनि हुनुहुन्छ, उहाँहरुले नदेखेर मात्रै हो, नत्र लिनक्स कम्यूनिटिको गजबको पारा त volunteerism मा नै देख्न पाईन्छ, यही साझाजस्तै www.linuxquestions.org मा गएर एउटा प्रश्न सोध्नुस, तपाई त्यँहाका volunteers को व्यबहारले नतमस्तक हुनु हुनेछ, सबैजनाले फुर्तिसाथ तपाईँको सहायता गर्ने छन् । अरु पनि छलफल गर्दै गरम है त, Keep rolling...
Read Full Discussion Thread for this article