Posted by: shree5 December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
Pretty जी, हुन त मैले पनि धेरै खाले लिनक्स खेलाएँ र अनुभवको आधारमा तपाईँलाई के सुझाव दिन चाहन्छु भने, www.linuxiso.org मा जानुस र ताल-तालका लिनक्सका परिकार (distributions- they call it distros) हेर्नुस । सिक्नको लागि शुरु गर्न सबै कुरा बिचार गर्दा सबैभन्दा उत्तम NOVELL को SUSE Linux होला जस्तो लाग्यो मलाई। यो user-friendly पनि छ र धेरै नै stable पनि, तथा NOVELL कम्पनीको कारणले गर्दा पछि यो नै सबभन्दा लोकप्रिय हुन्छ जस्तो लाग्छ मलाई, Windows XP चलाउने लाई यसमा छिरेर काम गर्न खासै नौलो लाग्दैन ।नियमित काम हरुको लागि कमसेकम पनि Windows XP जत्तिको चाहि यो छ है । र पछि चाहि कुनै distro मा नै चित्त बुझाउनु हुन्छ होला, अझ खास पारखीहरु माझ त आजकाल Ubuntu Linux को क्रेज नै आएको छ भन्नु पर्ला । अहिलेको अवस्थामा सबैभन्दा लोकप्रिय र राम्रो चाहि Red Hat Company को distro हरु नै हुन्, जस्तो Fedora Core नै भनौँ न । र अर्को कुरा तपाईलाई लिनक्स कम्प्यूटरमा install गरिराख्न मन लागेन भने Live CD distro प्रयोग गर्नुस। त्यो भनेको पुरै operating system नै CD बाटै चल्छ, तपाईँले office productivity suite र internet, email, games, multi-media सबै सहजै चलाउन सक्नु हुन्छ । यहाँसम्म कि hard-drive नै प्रयोग नगरिकन apache web server बाट web-site नै प्रक्षेपण गर्न सक्नु हुन्छ । कम्प्यूटरमा CD राखिदिए पुग्छ । एक पटक मेरो Windows system crash हुँदा मैले यस्तै Live Linux CD हालेर मेरा चाहिने सबै फाईलहरु USB port बाट बाहिर कपी गरेर बचाएको थिएँ, त्यस्तो गजब हुन्छ लिनक्स त । तर copyright को कारणले कति लिनक्सले Windows को NTFS file-system सपोर्ट गर्दैनन् नि फेरि ।
Read Full Discussion Thread for this article