Posted by: HoneyBee December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
विश्वमानचित्र जी, मेरै लागि समय खर्चेर यतिका सुझाब लेखिदिनुभएकोमा हार्दिक धन्यवाद ! ति सबै सुझाब अनुसार गर्दापनि भएन । समस्या सग्लो अक्षरमा हैन, "आ"कार, "उ"कार, "इ"कार, अजन्त अनि हलन्त मा भैरहेछ । "खरच नपठलत म भक मरल" लेख्नलाइ समस्या छैन तर "खर्च नपठाए त म भोकै मर्छु" भनेर लेख्नै मिल्दैन । म यो कोशिश जर्मन किबोर्ड भएको ल्यापटपमा गर्दै छु, अझै केहि नयाँ सुझावहरु पाए आभारी हुनेथिएँ ।
Read Full Discussion Thread for this article