Posted by: KaLaNkIsThAn December 6, 2005
nick name
Login in to Rate this Post:     0       ?        
उफ्फफफफफ!!!! दादा गिरी ब्रो ले नि ठट्टै ठट्टामा मलाई र चिप्ले ब्रो लाई एकसाथ कर्नरमा पारिबक्स्यो !! (उ जमानामा साझामा आइबक्स्योस - गईबक्स्योस भनि लेखेमा लेख्नेलाई हकारेर हुन्छकि डकारेर हुन्छकि थ्रेडलाई ३०० पुर्याउने चलन थ्यो।। अरुले भन्या कुरा मान्ने फेरी कलंकी काँऽऽ हो र भन्या? लेख्छु के? :)) चिप्ले ब्रो फेरी साक्य-ब्रो परि बक्स्यो। अव ब्रो लाई थिचेर मिचेर किचेर उल्ले कपी गर्या हो भन्ने हाम्रो चलन नभईबक्स्या कारणले गर्दा खेरि यो कलंकी ले नै चिप्ले ब्रो को स्टाईलमा आफ्नो नाम, बिना कुनै गलत मनसायले तथा कुनै पूर्व-जानकारीका साथ, कापी गरि बक्स्या हो भन्ने कुरा खुलस्त गराईबक्सन्छ!!! रे क्या !!! फेरी दादा-गिरी ब्रो ले नि अमरिश पुरी ले मोग्याम्वो मोग्याम्वो भन्दै तर्सा जस्तो आफु रावण-शरी तरूणीको रुप धारण गरि साझामा आएर बिचरा अविवाहित तरुण हरुमाथि छल गर्या कुराको पर्दाफाश गर्दा कतै यो कलंकीनै त परेन शिकार भनेर यो कलंकी नतर्सीबक्स्या काँऽऽऽ हो र ।। उहिले जमानामा हाम्रो नि नाम अर्कै हुन्थ्यो। दिनहू नाम परिवर्तन गर्ने चलन नै थियो। एकदिन अचानक साझामा नाम दर्ता गर्नैपर्ने चलन आयो। भएन भनेर एउटा सक्कली अंग्रेजी नाम दर्ता नि गरे, धेरै महिना त्यहि नाम मा बिताए।। कसैले बाल दि बक्सेन।। तरुणीहरुले त झन फर्केर हेरि-बक्सिनु पनि भएन।। भएन भनेर अर्को नाम त नेपाली नै राख्छु भनेर निश्चय गरे। तर नाम के राख्ने, म द्वारा सोचिबक्सने काम कहाँबाट होईबक्सन्थ्यो फेरी? त्यहिबेला घरको याद आयो, त्यो पानी ट्याङ्की, त्यो साउनीकि छोरी, त्यो चमारे, काले, चुच्चे, बाङ्गे, सान्-चा, काल्-चा, सै-चा, कैली, हुँट्टीट्याँउ सबको याद आयो। गाँउ घरका कोही भेट्टिहालिबक्सिन्छकि भनेर "कलङ्कीस्थान" नाम दर्ता गराए। फाट्ट-फुट्ट टोलिया हरु भेट्याए। एउटा ले त अस्ती भरखर अम्रिकामै बिहे गर्यो।।। उसलाई बाधाई नि दिऽऽऽ हालुम, यँहि मौकामा।। अरु त्यस्तै हो !!!
Read Full Discussion Thread for this article