Posted by: Kedar_Sharma December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
सही भन्नुभो नेउपाने ज्यू मातृभाषा भनेको यही त हो नि। गौतम बी ले भनेजस्तै, पेटपालो र/वा प्राज्ञिक विकासका लागि हामीले अरू भाषा सिक्नै परेको छ। तर नेपालीमा बोल्नु लेख्नु भनेको आफनी आमासित कुरा गर्नु जस्तै हो। अरू भाषामा बोल्नु लेख्नु भनेको अर्काकी आमासित कुरा गर्नु जस्तै हो। तपाईँहरू जस्ता अनुभवी मित्रहरूलाई सिकाउन खोजेको होइन। मौका परेसम्म यो कुरा अरूलाई पनि भनूँ है भन्ने आग्रह हो।
Read Full Discussion Thread for this article