Posted by: shree5 December 6, 2005
Login in to Rate this Post:
0
?
मैले फेरि, "बेकाराँ गर्धुवा दिएर जन्तिलाई दु:ख दिन्चन के कहिले कहिले गाम तिर । जन्तिले बोकेर ल्याम्न परो, बेकाराँ द:ख मत्रै ।
अब हेर्नुस, पोहोर साल तो सिर्काङ्गे साँहिलाको छोराको बिहेमा चईनी टिभी दिएछन्, अब सिर्काङ्गको डाँडामा बिजुली बल्नी कहिले हो कहिले,
तो टिभी लाई अब क्यार्नी हो, भकारोमा बाँधेर घाँस हालेर दूध दिन्न, गोबर दिन्न, तेही भ'र तेस्तो काम नगर्नुस, बरु बैनिलाई दिन मनै जो
छ भने पैसै जो दिए हुन्छ, तर फेरि तेस्तो तपैँको घर-ब्यबहारका कुरा हामी सित क्यार्न गर्नु हुन्च त नि " भनेर बल्ल बल्ल सम्झाईयो केरे ।
उनका त चित्त बुझे जस्तै जो लागो केरे ।
"मेरा मन परे तपैँहुरका कुरा, गएर बा लाई सम्झाम्न पर्च " भन्दै थिए,
जङ्गेको पालो " तिम्रा बालाई मकहाँ पठाईदेउ, मैले ठिक पारम्ला " भनेर पाखुरा सुर्क्यो केरे । चिन्तामणि चईनी हाँस्दै गए आफ्ना घर तिर ।
चईनी अब कहिले बोलाम्नी हुन् कुन्नि गोताएँले जन्त जान परो भनेर ।