Posted by: shree5 December 6, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
चिन्तामणि जेठान त कता-कताबाट खोज्दै-वर्दै म भएका ठाउँमा जो आईपुगे केरे । त्याँसी एकै छिनको सन्चो-बिसन्चो पछि मलाई "हजुरसित सानो मोतो छ, यता आम्नुस त " भनेर एकान्त तिर लगे केरे । किन हो कुन्नि, जङ्गेलाई नसुनाम्न खोजे है उनका कुरा, उनलाई के थाहा जङ्गेको र मेरो चईनी उहिले देखिकै गाँजा तान्नी सङ्गत, मैले उति खेरै जो के भाको हो चईनी जङ्गेलाई त सुनाईहाल्चु केरे । जे होस, एकै छिन गोताएँ कस्ता मुन्छे हुन्, बैनि दिन हुन्च कि नाईँ भन्नी जस्तो कुरो अर्चन् बा । अब चईनी जमुनिले तेत्रो कस्सिएर हामी जो लागेर गर्न लागेको बराउनी, गोताएँको ब्या अराम्न भनेर पाखुरा सुर्किनी मुन्छे जो म, फेरि कुरा चईनी कहाँ सम्मन पुगि सको, के कुरा गर्चन् चिन्तामणि भनेर म त एकै छिन त अक्क न बक्क परें केरे नि । अर्थोक कुरा पुनि गर्न गर्न खोज्छन, ओंठ टोक्छन्, मुख पुनि चलाम्छन्, फेरि केही भन्नै सक्तैनन् केरे । तेस पछि भनि अब यसरी भएन भनेर "ल हिड्नुस, उता जाम" भनेर जङ्गे भए थिम् नै गएम् । अनि एक चिलीम गाँजा चईनी भरेर जङ्गे, मैले र चिन्तामणिले तानेम केरे । त्याँसी बल्ल पो खुले त चिन्तामणि । चिन्तामणि, " खास कुरा त के भनि अब ब्या हुनी भओ केरे, अब अहिलेको जमाना, फेरि घर-परिवारको ईज्जत पुनि राख्नै परो केरे, उताबाट के के खोज्नी हुन् दाईजो गर्धुवा भनेर बा ले मलाई येसो कुरो बुझेर आएस त भन्नु भाको थियो र हो के " । तेतिखेरै जो जङ्गेले त मलाई येस्सो कोट्याएर "के को गर्धुवा चाईनी हो, गोताएँ तेस्तो आत्तिएको छ, दुईटा खुट्टा टेक्नी भा हुन्च गोताएँलाई " भन्च है । मैले घुरेर हेरें तेस्लाई, चईनी बोल्न हुनी नहुनी ठम्याम्न पर्च नि ठाम अनुसार, धन्न चिन्तामणि गाँजाले लट्ठ जो परि सकेका थिए र । अनि फेरि कुरो मिलाम्न " अब केटा केटी आफू आफूलाई मन पराम्नी, मया-पिरिम गरेका, तेस्तो कुरो साह्रै सोधखोज गर्न पर्दैन, फेरि पढेलेखेका केटाकेटी, चईनी उनीहुरलाई जो नसोधेर के हाम्लाई सोधेको हो तेस्तो कुरो पुनि, यी बरु ककड तान्नुस्" भनेर फेरि एक सर्को तान्न लगाएँ केरे । चिन्तामणिले फेरि तेही कुरो गर्चन है । " हैन, हाम्रो घर-परिवाको ईज्जतको लागि पुनि त केही त अर्न परो केरे नि, हजुरसित सल्लाहा माग्न आको " भन्चन है । मैले फेरि "तपाईँको घर-परिवार को ईज्जतको कुरो भए तपाईले जो ठह-याम्नुस न त, बरु फेरि एक सर्को तान्नुस्" भनेर फेरि चिलिम थमाएँ केरे । चिन्तामणिले मरे मान्नी हैनन्। अनि फेरि, "कतिवटा गाग्री, ताउला " भन्दै थिए, जङ्गेले प्वाक्क " के को गाग्री चाहिनी हो, सके यामकलाले पढेकी जो तेतै, पखरातिरै बस्नी होला, नभए पुनि गोताएँको घर आँगन अगिल्तिरै जो पक्की सिल्मट्टी लाको कल-धारा छ पन्चाईतले बनाऽको, गोताएँको तो घरलाई जाबो पानी त बौनामा सारेर पुनि खान पुग्च, बरु हामीलाई लेउ गाग्री " भने केरे ।
Read Full Discussion Thread for this article