Posted by: shree5 December 6, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
फोक्सीङ्गका चुरामणि (यामकला का बा) ले मलाई भेट्न भनेर उनका जेठा छोरा - चईनी यामकलाका दाई चिन्तामणिलाई पठाका रैचन् केरे । अब जमुनिले यामकला सित मीतिनी लाएकी केरे, तेसो भएर चुरामणिले पुनि चिन्तामनिले पनि मलाई चईनी जवईँ (ज्वाँई) भन्चन् के । चिन्तामणि मेरा घराँ गएछन केरे पहिले त, त्याँसी जमुनिले "गोरु चराम्न जानु भा'छ तपैँका जवईँ त " भनेर भनिछ । उता म र जङ्गे (amazing) भनि गोरु चराम्न गाका थिएम् । खास त के चराम्नी हो र, गोरु जुधाम्न गाका थिएम् केरे नि । दादाको खले गराँ मेरो थाले गोरु र जङ्गेको जुरे बाच्छो दिन भरि जुधेका जुधेई, हार-जितको भनि टुङ्गो नै भएन । लास्टाँ दुईटै थाकेर पाखा लागे । भोलि भउतेको टिल्के र जिम्मालको चईनी गुरे गोरु पुनि ल्याएर जुधाम्न पर्च भनेर सल्लाहा अर्दै थियम् केरे म र जङ्गे ।
Read Full Discussion Thread for this article