Posted by: Gautam B. December 6, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
यूनिकोडले नेपाली भाषामा क्रान्ति ल्याऊँदैछ, यो सत्य हो। तर नेपाली भाषा आफैँको सर्वसम्मत नियम र ब्याकरण बन्न भने बाँकीनै छ। केहि समय पहिले नेपाली भाषा सुधार सुझाव कार्य दल भन्ने पनि बनेको थियो नेपालमा, अहिले कता पुग्यो होला! जे होस् यो यूनिकोडले मेरो आफ्नो जीवनमा पनि क्रान्तिनै ल्याइदिएको छ। पापी पेट पाल्न गाई खाने भाषा नभइ नहुने भइहाल्यो, तर आफूलाई धक फुकाएर हाँस्न र रुन भने नेपालीनै चाहिने! मैले यो कम्पुटरमा धक फुकाएर हाँस्न थालेको गोटा सातेक महिना जति भएछ। आफू जुन धागोमा पनि पछि पस्न पुगिन्छ (धागा पस्ने गति बढाउनैपर्ला जस्तो छ!)। समस्याजति साथीहरुले भनिसकेपछि मेरो भागमा केहि पनि बाँकी रहेनछ। "हो, त्यसै हो-----" भनेर साथ दिएँ है मैले। बरु एउटा लाजमर्दो कुरो मेरो, यो "ज्ञ" को बारेमा त मैले अहिलेसम्म ध्यानै दे'को रैनछु। मैले अहिलेसम्म "ज्ञ"नै लेखेको रैनछु त?! अर्को एउटा कुरा, आजभोलि मेरो कम्पुटराँ म पु पु को अड्डा (site) खुल्दै खुल्दैन। के भा को होला, दौँतरीहरुलाई केहि मेसो छ कि? भयो, एक दुइ महिनै भयो।
Read Full Discussion Thread for this article