Posted by: Kedar_Sharma December 5, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
साथीहरू, सकेसम्म बैलाई सम्बोधन गर्छु है त। नेपे साहिँलालाई त मानचित्र (World map) जीले नै बताइदिइहाल्नु भो। मैले थप्नुपर्ने कुरा "अभ्यास गर्दै जाँदा तु जानिन्छ" भन्ने मात्र हो, जो सबैलाई थाहा छ। श्री५, तपाईँको त नामै स्वादिलो। ल ज्जा, हामी मात्र किन उउटा श्री ले काम चलाउनु, होइन त। म गण्यमान्य सण्यमान्य केही होइन। तर नेपालीलि नेपालीलाई नेपालीमा लेख्žन थाल्ने हो भने हाम्रो जातीय एकता र जातीय स्वाभिमान पनि थपिँदै जान्छ भन्ने कुरामा मेरो गहिरो विश्वास छ। यही विषयमा बकबक गर्ने क्रममा म अहिले मपुपुमा पनि अलिअलि काम गर्न थालेको छु। टाइपिङका बारेमा कुरा गर्दा अहिले हामीसित दुइवटा टाइपिङ प्रणाली (keyboard layout) छन्। पहिलो परम्परागत अर्थात ब क म ा न वाला र दोस्रो रोमनाइज्ड अर्थात् nepal=नेपाल वाला। म परम्परागत चलाउँछु। यसमा तपाईँले भन्नुभए जस्तो थोप्लाथाप्ली चलाउनका लागि shift+ alt थिचेर roman मा गएर वा shift+ctrl थिचेर romanized मा गएर मात्र चिन्हहरू चलाउन सकिन्छ। romanized layout चलाउँदा यो अलि सजिलो छ भन्छन् साथीहरू। अङ्ग्रेजीमा जहाँ जहाँ जे जे छ romanized मा प्रायः मिल्छ क्यारे। यस विषयमा लेख्žन भनेर म मेरा केही साथीहरूलाई पनि अनुरोध गर्छु। नेपालीमा कुन कुन अक्षर राख्žने भन्ने बारेमा हाम्रा भाषाशास्त्रीहरूको माथापच्ची चलि नै रहेको छ। तर युनिकोड कन्सोर्टियम भन्ने संस्थाले देवनागरीका सबै वर्णहरूलाई नम्बर भने दिएको छ। अर्थात् हामीले कुनै अक्षर ( उदाहरणका लागि लृ भनौँ न) नचलाए पनि त्यो वर्णमालाबाट हट्दैन। अब हाम्रा किबोर्ड ड्राइभर निर्माताहरूले ती अक्षरका लागि के व्यवस्था गरेका छन् भन्ने चैँ अर्कै कुरा हो। तपाईँहरूलाई राम्रो लाग्ने अर्को खबर पनि छ मसित। नेपाली अक्षरहरूको प्रयोगको frequency र मानिसका औँलाको movement को वैज्ञानिक अध्ययन गरेर अर्को एउटा कीबोर्ड लेआउट पनि तयार भएको छ। यो कीबोर्ड लेआउटमा चैँ सबै चिन्हहरू उपलब्ध छन्। तपाई हामी जस्ता पहिले नै टाइपिङ सिकेकाहरूलाई त यो कति काम लाग्ला तर नयाँहरूको कार्यक्षमतालाई भने यसले धेरै नै बढाइदिनेछ। टाइपिङ ट्युटरका बारेमा जानकारी भएन। पाएँ भने तु लेख्žनेछु। शिरिश जी, गर्žयो त लेख्žनै पर्žयो नि। नत्र त हिन्दीमा नभएको देवनागरीमा नेपाली भाषा लेख्žने मोलिकता नै मर्žयो नि। यदि तपाईँ romanized बाट चलाउनु हुन्छ भने r,/,+,y,o थिच्नुस। r=र, /=्(हलन्त),+=अक्षर जोड्ने joiner, y=य, o=ो। अर्थात आधा र लाई + ले र्ž बनाइदिन्छ। sense जी, पूर्ण बिराम त full stop भएकै ठाउँमा छ त। खोजाइ मिलेन कि?
Read Full Discussion Thread for this article