Posted by: Bhaute December 5, 2005
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
हेइ ! पुल्चोके !, के छ खबर ? ल अब फेरि हाम्रो ईतिहास लेख्ने बेला भो। ल, मेरो तर्फबाट। फेरि पुल्चोकको याद आयो चार बर्ष छाडि, पाँच बर्ष लायो, फेरि पुल्चोकको, याद आयो। बल्ल बल्ल, प्रवेश गर्यो छ महिनामा, एक महिना पढ्यो पढाइ सढाइ, राखेर थाति, चुनाव आयो, कुपनको ताँति सातवटा दियो, छ वटा लायो फेरि पुल्चोकको, याद आयो। बाटो पारी सँधै, हरियाली बाटो वारी, त्यै एउटी काली जता हेरे नि, गनाउँने बोका दिनै रातै, पाटनढोका क्याविन छिर्यो, टन्न लायो फेरि पुल्चोकको, याद आयो। उधारो खानु, कसैको धन्दा भात खान जाँदा, मेसै बन्द रामेले गर्दा, श्यामेलाई गाल लोकहित रेस्टुरेन्ट, माला-माल बिहिबार बगलामुखी धायो फेरि पुल्चोकको, याद आयो। कसैका बुढी, कसैका साली जिस्क्याउन बाँकी, रहेनन् खाली निरौला पसल, श्यामेको मेस भातको थुप्रोमा, बुढीको केश खोपे थाल भरी, दाल खायो फेरि पुल्चोकको, याद आयो। परिक्षा सकियो, बर्ष भो चार झ्याल ढोका फोर्नु, अधिकार सकियो अब, तडक भडक फाइल बोकेर, सडक सडक निजी क्याम्पसमा, पढाउन पायो फेरि पुल्चोकको, याद आयो। :-) -भउते
Read Full Discussion Thread for this article