Posted by: gwajyo December 5, 2005
Not Poor but Fool
Login in to Rate this Post:     0       ?        
हामी आवेशमा आएर खुसियाली मनाउन पायौं भने आँखै देख्दैनौं । ऋण लिएर भए पनि भोजभतेर गरिहाल्नुपर्ने । तर तडक-भडक सकिसकेपछि हामी सबै बिर्सन्छौं । प्रकृतिको काखमा हामी वनभोज गर्न जान्छौं, तर फोहोरमैला त्यहीं फ्याँकेर आउँछौं । आलु खाएर पेडाको धाक गरी मोटरसाइकल र मोटरहरू सडकमा गुडाउन मरिहत्ते गर्छाैं, अनि जहाँ पायो त्यहीं विवेकहीन तरिकाले पार्किङ गरी टा्रफिक जाम गराइदिन्छौं । कस्ता स्वार्थी हामी ? आफूलाई असजिलो र मर्का पर्ΕΎयो भने तुरुन्तै रिस उठ्ने तर आफ्नो भूलबाट अरूलाई कति मर्का पर्छ सोच्दै नसोच्ने ? स्वार्थमा गुम्सिएर हामी यति अन्धो भयौं कि अरूको समस्यालाई ध्यानै दिन सकेनौं । असन, इन्द्रचोक, ठमेलको कुनै पनि सडक, गल्लीमा बिहान हिँड्दा हरेक पसलेले आ-आफ्नो पसल सफा गरेर धूलो जम्मै सडकमा फ्याँक्छन् । यतिमात्र होइन, आ-आफ्नो पसलको 'डोरम्याट' सडकको बीचमा उल्टाएर राख्छन् । यो किन गरेको हो, अहिलेसम्म बुझेको छैन । डोरम्याटमाथि गाडी गुड्यो भने धूलो झर्ला भनेर हो कि ? के आफ्नो पसलमात्र सफा भए पुग्यो त ? ती फोहोर र घिनलाग्दा डोरम्याट राखेर सडकलाई बेइज्जत गर्न यसरी पाइन्छ ? यो भएन, त्यो भएन भनेर सरकारलाई मात्र गाली गर्ने पक्षमा म छैन । हरेक विकृतिलाई सरकारी नियमले मात्र बाँध्न सक्दैन । हामीले आफैंलाई विवेकको नियमले बाँध्नुपर्छ । म एक सकारात्मक सोच राख्ने व्यक्ति हुँ । तर पाठक भन्ठान्लान्, यो कस्तो ढोँगी, हरेक क्रियाकलापको नराम्रो पक्षलाई मात्र हेर्छ । वास्तवमा सकारात्मक सोचको उत्पत्ति समालोचनात्मक दृष्टिकोणबाट नै आउँछ । सबै थोक ठीक छ, राम्रो छ, मात्र भनेर समस्या सुल्भिmँदैन । समाजका कुरीति र विकृतिलाई आँखा चिम्लेर स्वीकार्नु सरासर हरुवा प्रवृत्ति हो । साथै व्यावहारिक जीवनको धरातललाई बिर्सिएर सबै राम्रै हुनेछ भनी आशा राख्नुु पनि सकारात्मक सोच होइन, मात्र सपना वा विसफुल थिङकिङ हो । तसर्थ सकारात्मक सोचलाई मूर्तरूप दिने हो भने समाजका अँध्यारो पक्षलाई पनि नियालेर हेर्नैपर्छ । त्यस्ाका कमी-कमजोरीलाई व्यावहारिक प्रक्रियाबाट निराकरण र शुद्धीकरण गर्न खोज्नु नै सकारात्मक प्रयास हो ।
Read Full Discussion Thread for this article