Posted by: gwajyo December 5, 2005
Not Poor but Fool
Login in to Rate this Post:     0       ?        
नेपालमा जब नयाँ वर्ष आउँछ, अनेक रंगीचंगी कागजका झण्डा बनाएर टोल-टोललाई दुलहीजस्तै सिंगार्छन्, झिलिमिली बत्ती बाल्छन्, मोटरसाइकल र्ΕΎयाली गर्छन् । ठीक छ, उल्लासपूर्ण वातावरणमा नयाँ वर्ष मन्ााउनुपर्छ । महोत्सवमा भाग पनि लिनुपर्छ । तर उत्सव-महोत्सव सबै सिद्धिएर महिनौं-महिना बित्ािसक्दा पनि बाटोभरि झुन्ड्याइराखेका तुल त्यसै रहन्छन् । त्यसलाई निकालेर फ्याँक्ने कोसिस कसैले गर्दैन । स्वयम्भू, लुम्बिनी र कतिपय धार्मिकस्थलमा श्रद्धालु भक्तजनले मन्त्र लेखेका कपडाका झण्डाहरू मन्दिरको टुप्पोमा मिहेनत गरेर सजाउँछन् । धर्ममा आस्था राख्नु राम्रो हो, भगवान्को पूजा गर्नुपर्छ । तर घामपानीले मक्किइसकेका ती झुत्रा तुल महिनौंसम्म झुन्डिइरहँदा पवित्र तीर्थस्थलको सम्पूर्ण वातावरणलाई प्रदूषित बनाइदिन्छ । के त्यो झण्डा राखेपछि निकाल्नु पर्दैन ? धर्म गर्नेले कर्म गर्नु पर्दैन ? नेपालका मस्जिदहरूमा 'लाउड स्पीकर' लगाएर ठूलठूलो स्वरले 'अल्लाह अक्बर' भनेर प्रार्थना गर्दा सायद मुस्लिम समुदायलाई मनपर्न सक्ला, तर मस्जिदबाहिर बस्ने हिन्दू, बुद्धिस्ट र क्रिश्चियनहरूलाई पनि त्योे प्रार्थना मनपर्नुपर्ने आवश्यकता छ र ? ढ्वाङ फुकेर धर्म प्रचार गर्नु यो मुस्लिम समुदाय मात्रले जन्माएको समस्या होइन । हाम्रो देशको अधिकांश धर्मस्थलहरूमा बेढंगे धार्मिक क्रियाकलाप बेरोकटोक मनाउने गर्छन् । यसपाली शान्तिको प्रतीक लुम्बिनीको मायादेवी मन्दिर परिसरभित्र पनि भजनमण्डलीले लाउड स्पीकर लगाएर भजन गर्न थालेका छन् । आफ्नो संस्कार, धर्म र जातीय कर्मकाण्डलाई मात्र महत्त्व दिएर अरूहरूको संस्कृतिलाई हेपाहा दृष्टिकोणले हेर्ने यो हाम्रो इथिनोसेन्टि्रजम मनोवृत्तिलाई हामीले परित्याग गर्नैपर्छ । अब त हुँदाहुँदा राजधानीको केन्द्रविन्दु नारायणचौरमा समेत पाल हालेर चारैदिशामा लाउड स्पीकर लगाई पूजापाठ गर्न लागिसके । के यो कार्यक्रमलाई टोलमा बस्ने सबै मानिसले मनपराएका होलान् त ? स्कुलमा जाने बच्चाहरू छन्, होमवर्क गर्नुपर्छ, त्यो वातावरणमा बच्चाले कसरी पढ्न सक्लान् ? तराई क्षेत्रको त कुरै छोडौं, साना-साना चियापसलेले पनि आफ्नो ग्राहक तान्न जताततै ढ्वाङ राखेर बेसुरे फिल्मी गीत बजाउने गर्छन् । विवाह, व्रतवन्धको बेलामा त कुरै छैन, बस् सारा संसार नै उनीहरूको भयो ।
Read Full Discussion Thread for this article