Posted by: gwajyo December 5, 2005
Not Poor but Fool
Login in to Rate this Post:     0       ?        
हामी गरिब होइनौं, मूर्ख कर्ण शाक्य - खुट्टा नभएकी एउटा विदेशी महिला आफूले प्राप्त गरेको बिमा रकमबाट लुक्लामा अस्पताल बनाउन आउँछिन् । बेलायतको एउटा साधारण परिवार आफ्नो घरको बहालले अन्धाहरूका निम्ति पोखरामा मालिससम्बन्धी तालिम केन्द्र बनाउन आउँछिन् । जापानको एउटा ट्याक्सी ड्राइभर लान्दु्रकमा आफ्नै स्रोत र साधनबाट सानो जलविद्युत् योजना स्थापना गर्छ । तर हामीले आफ्नो मातृभूमिलाई केही गर्न चाहेनौं । जसले केही गर्न सक्थ्ोे, उनीहरू झन् धन र शक्तिका लागि देशलाई नै हारालुछ गरिरहेछन् । एकचोटी मन्त्री भइसकेपछि उसलाई सधैं ठूलो पद नै चाहिने, पद पाएन भने त बौलाहा नै हुनेे । एउटा शक्तिभोगी मानवअधिकारवादी नागरिक समाजका नेतालाई सोधँे, 'तपाईं सधैं जनता-जनता भनेर राजनीति गर्न खोज्नुहुन्छ, जनताको परिभाषा के हो, जनता भनेको को हो ? के तपाईंको पछाडि कमसेकम तपाईंका भाइ र श्रीमती त छन् ? यो लेख अङ्ग्रेजीमा लेख्न चाहेको थिएँ । तर विदेशीसामु देशको बेइज्जत गरेर आकाशमा थुक्न चाहन्न । कस्तो विडम्बना, भगवान्ले हामीलाई अथाह प्रकृति दिए, पुर्खाले हामीलाई अनगिन्ती संस्कृति दियो । तर हामीले यसलाई न सदुपयोग गर्न सक्यौं न संरक्षण नैै । झैझगडामै समय बितायौं । भुटानजस्तो देश एउटा नदीको पानीबाट बिजुली निकालेर दक्षिण एसियाकै सम्पन्न राष्ट्र बन्न सक्षम भयोे, हामी त हिमालै बोकेको राष्ट्र, खबार्ंै मुरी हाम्रो पानी बगिरहन्छ । नदीहरूबाट बिजुली उत्पादन गर्ने त कता हो कता, बाँध बाँध्ने कुरामात्र गर्नासाथ सबैलाई चिन्ता लाग्ने । त्यो विद्यार्थी होस् वा राजनीतिज्ञ, त्यो पत्रकार होस्, चाहे साहित्यकार । चालीस वर्षे शाही नेपाल वायुसेवा निगमको हालत त्यस्तै नाजुक छ, एउटा विमान किन्न खोज्यो भने शंका र उजुरीको भुमरीमा फँसिहाल्ने । नेपालमा इमानदार मानिसको आँत सुकेर गयो, बेइमानलाई कसैले छेक्न सकेन । यो जलस्रोत र वायुसेवा निगमको मात्र कुरा होइन, कानुन, शिक्षा र जुनसुकै क्षेत्रको पनि हालत नाजुक छ । आफू जित्यो भने छाती फुलाएर हिँड्छ, हार्ΕΎयो भने विधिको शासनलाई सराप्न थाल्छ । यो कस्तो लाछीपन ? न आफू काम गर्छ न अरूलाई गर्न दिन्छ । जान्नु-बुझ्नु केही छैन, एकजनाले हुन्न भन्ोेपछि त हुन्न-हुन्न । जुन विषय, जुन क्षेत्र आफ्नो होइन, त्यसमा जान्ने भएर बोल्ने प्रतिक्रिया दिने किन ? हाम्रोे योे कस्तो मनिस्थिति, खान पाएन भने महिनौंसम्म पटुका कसेर ढुंगा राखेर पनि बस्न सक्ने, तर खाना पाउनासाथ नुन चर्काे-पिरो भयो भनेर आलोचना गरिहाल्ने ।
Read Full Discussion Thread for this article