Posted by: shree5 December 5, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
चित्रेले जाद्रै राम्रो काम अरेचन केरे यो कुरो कोट्टाएर । फेरि यो कुरोका चईनी असली भलादिमी र कारोबारी जो चईनी मुन्छे पुनि चईनी तुरुन्तै जो आम्नु भएछ, मेरा केहि केही गुनासा पुनि छन् के यिनारु सित । केदार जी, हो, यो यूनिकोडले साँच्चिकै राम्रो गर्यो । पहिले पहिले त मैले पनि yesari नेपाली लेख्थेँ, लाजको मर्नु । तर साँच्चिकै "सिरियस" काम गर्नलाई भने मैले एकाध अप्ठेरा भेटें है । अब तपाई पक्कै यस पक्षको ठूलो गन्यमान्य मान्छे हुनुनहुन्छ, कृपया मिल्ने अवस्था सम्म ध्यान दिनु हुन्छ कि ? १। यो अनुच्छेदको शुरुआतमा मैले बिगारेको होईन, मैले १ पछि थोप्लो लेख्न खोजेको, तर मेसो भाँति पाईन । अब दशमलव प्रणाली नै हाम्रो त्यतै तिरबाट प्रार्दूभाव भएको भनिन्छ, खोई तर थोप्लो लेख्न मैले भने पटक्कै सकिन है, नेपाली यूनिकोड भित्रबाट ।‌‌‌ २। त्यस्तै अरु लोकप्रिय चिन्ह हरु जोड घटाउ, गुणन, भाग ‍‍‍‍‍भने जस्तै + = < > / ‌‍‍‍-‍‍‍‍‌‌‌‍‍‍‍‍‍ { [ } ] पनि नेपालीमा "लोकाले" नफेरिकनै लेख्न पाए असाध्यै राम्रो हुने थियो । मेरो कम्प्यूटरमा + = त चल्दै चल्दैनन्, नेपाली यूनिकोड भित्रबाट त । अब प्रश्न रह्यो, नेपालीमा अँग्रेजीमा भन्दा धेरै अक्षर छन्, त्यस कारणले गीता र महाभारतमा नभएका अक्षर हरु यूनिकोडबाट हटाईएको हो । मेरो सुझाब के भने नेपाली भाषा बिशेष बाट "डिप्रिकेट" भईसकेका केही अक्षरहरु मिल्ने समूहमा Shift+Alt+Key मा राखे कस्तो हुँदो हो कुन्नि, जस्तो S->स, Shift+S->श, Shift+Alt+Key ->ष । मैले खाली उदाहरण मात्र दिएको है, त्यस्तै पञ्चायत हटिसके पछि "ञ" को लोकप्रियता पनि घटे घटे जस्तो लाग्दछ मलाई, यद्यपि "ङ" र "ण" भने चलनचल्तीमा नै छन् । नभए ज्ञ, क्ष जस्तै किसिमले लेखे पनि हुन्छ केही केही अरु अक्षरहरु पनि, तर येसो जोड, घटाउ, गुणन, भाग, थोप्ला-थाप्ली आदि पनि त लेख्न पाउनु प-यो (तुलना गर्नुस "पर्यो" सँग) नि, होईन र ? नेपालीमा लिनक्स आयो भने एउटा साँच्चिकै खुसी हुने मान्छे म पनि हुनेछु । किनभने म अहिले पनि लिनक्सको "डाई हार्ड फ्यान" तथा नियमित प्रयोगकर्ता हुँ । तपाईले भनेको जस्तै यो खुल्ला स्रोतको हो र हामीले पैसो तिर्न पर्दैन, तर त्यो भन्दा पनि यो विन्डोज भन्दा धेरै शक्तिशाली तथा स्टेबल (नेपालीमा स्टेबल लाई के भन्ने, स्थीर- प्रसँग अनुसार माने मिल्दैन कि ) छ । र यो चलाउन थाले पछि कम्प्यूटर-विज्ञानका धेरै काईदा-कानुन, काम गर्ने तौर तरिका सबै जानिदो रहेछ सहजै । नेपालमा यसको सफल प्रक्षेपण हुन सक्यो भने नेपाली प्रयोगकर्ताहरुको IT skills पनि बेपत्तै सँग माथि पुग्नेछ, नेपालीहरु एकाएक तगडा भएर निस्कने छन्, त्यसैले म यस पुनित कार्यमा लाग्ने हरु र यसलाई सफल बनाउने हरु सबै जनालाई धन्यबाद सहित शुभकामना दिन चाहन्छु । गुल्ट्याउँदै गरम (Keep rolling...)
Read Full Discussion Thread for this article