Posted by: Kedar_Sharma December 5, 2005
Nepali Unicode Revolution in Sajha
Login in to Rate this Post:     0       ?        
वर्ल्ड म्याप जी, तपाईँले सुरु गर्नु भएको यो धागो देख्दा खुसी लाग्यो। नेपाली युनिकोडलाई एउटा मह्त्वपूर्ण उपलब्धी मानिदिनु भएकोमा झन् खुसी लाग्यो। यदि तपाईँ साझामा नेपाली युनिकोडको प्रवेश र विकासका बारेमा जान्न चाहनुहुन्छ भने NEPALI TYPING IN 1 HOUR शीर्षकमा 11/20/04 मा आशुतोष तिवारीले थाल्नु भएको धागो हेर्नुभए हुन्छ। त्यस धागोमा धेरै कुरा भए। ओके जस्ता सफल लेखकहरूले "मञ्जु मलाई माफ गर" जस्ता कृति लेख्नु भयो र अरु पनि धेरै जनाले धेरै कुरा लेख्नु भयो। मैले अहिले नेपाली युनिकोडका मुख्य रूपले दुइथरी प्रयोगकर्ताहरू देखेको छु। विदेशमा बस्ने नेपालीहरूलाई यसले मातृभाषमा आफ्ना कुरा भन्ने अवसर दिएको छ। अनि चाँडै नै यो गाउँ गाउँमा रहेका नेपालीहरूका लागि सूचना प्रविधिको संसारमा पस्ने पनि ठूलो माध्यमका रूपमा आउन लागेको छ। अहिलेसम्म हामीले कम्प्युटरको मातृभाषा अङ्ग्रेजी नै ठानेका थियौँ। तर अब युनिकोडका कारण अङ्ग्रेजीमा गर्न सकिने जति प्रायः सबै काम नेपालीमा पनि हुन थालेको छ। अर्को एउटा सारै नै महत्वपूर्ण काम हुन लागेको छ। मदन पुरस्कार पुस्तकालयले यही डिसेम्बरको २२ तारिखका दिन नेपाली लिनक्स "नेपालीनक्स" सार्वजनिक गर्दैछ। त्यो खुला स्रोतको अपरेटिङ सिस्टम आएपछि नेपालीहरूले न त महँगो अपरेटिङ सिस्टम किन्नु पर्छ न त चोरीको सफ्टवेयर चलाएर शीर निचो बनाउनु पर्छ। सबभन्दा महत्वपूर्ण कुरा त नेपालीनक्स पुरै नै नेपालीमा छ। अब कुनै पनि नेपालीले "अङ्ग्रेजी जानेको भए त म पनि कम्प्युटर चलाउने थिएँ, तर के गर्नु र?" भन्नु पर्ने छैन। अहिलेलाई यत्ति। तपाईहरूलाई चाख लागेमा अरु कुरा पनि गरौँला। तपाईँहरूको केदार शर्मा
Read Full Discussion Thread for this article