Posted by: NotNepali December 4, 2005
Nagarjun Katha
Login in to Rate this Post:     0       ?        
नागार्जुनमा एकपछि अर्की युवती बेपत्ता सेनाको पूरा निगरानी र नियन्त्रणमा रहेको नागार्जुन वन घुम्न पसेका फ्रान्सेली र जर्मन युवती त्यहाँ सक्रिय कुनै आपराधिक व्यक्ति वा गिरोहद्वारा मारिएको आशङ्का गरिएको छ । १८ भदौ र २९ असोजमा पर्यटकीय स्थल नागार्जुन प्रवेश गरेका ३२ वषर्ीया फ्रान्सेली युवती सेलाइन हेनरी र ३१ वर्षी जर्मन युवती सेवाइन ग्रुन्क्ली अहिलेसम्म फर्किएका छैनन् । नागार्जुन सैनिक जाँच प्वाइन्टको दर्ता पुस्तकमा उनीहरू प्रवेश गरेको देखिन्छ, फर्किएको देखिँदैन । प्रहरीले सामुहिक बलात्कारपछि उनीहरूको हत्या भएको आशङ्का गरेको छ । ग्रुन्क्लीको रगताम्मे ब्रासियर, स्वेटर र अन्य सामान फेला परेपछि यो आशङ्कालाई अरू बल पुगेको छ । सैनिक जाँचविना प्रवेश गर्न नपाइने उक्त स्थानमा भएको यो अपराधमा जोसुकै संलग्न भएपनि यी विदेशी युवती सुरक्षित नरहनुले घटनालाई रहस्यमय बनाएको छ । Himal samachar http://www.nepalitimes.com/hkp/2062/mansir-16-30/desh_samachar.html What do you say?
Read Full Discussion Thread for this article