Posted by: Birkhe_Maila November 26, 2005
Bhupi Sherchan's poems
Login in to Rate this Post:     0       ?        
थकित bro, That was indeed a good and perfect work . After reading that I felt like writing that poem in nepali. It goes like this - मेरो चोक - साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन? सबथोक छ असङ्ख्य रोग छ, केवल हर्ष छैन, यहा त्यसमाथि रोक छ साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन? सबथोक छ यो मेरो चोकमा देवताले बनाएका मानिस र मानिसले बनाएका देवता, यी दुबैथरीको निवास छ तर यहाँ यी दुवैथरी उदास छन् दुवैथरी निरास छन् मानिस उदास छन् किनकी तिनलाइ यहाँ रात रातभरी उपियाँले टोक्छ दिन दिनभरी रुपियाँले टोक्छ र देवता उदास छन् किनकी तिनलाइ यहाँ न कसैले पुज्छ न कसैले ढोग्छ त्यसैले यो चोकमा देवता र मानिसले एक अर्कालाई धिक्कार्दै एकसाथ पुर्पुरो ठोक्छन् साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन? सबथोक छ
Read Full Discussion Thread for this article