Posted by: gwajyo November 26, 2005
A New Buddha?
Login in to Rate this Post:     0       ?        
नयां बुद्धलाइ पत्याएनन् नेपालमा निकै चर्चामा रहेका नया बुद्धको बारेमा बेलायतबाट प्रकाशित हुने सन् पत्रिकाले बिशेष समाचार प्रकाशित गरेको छ । बिश्वप्रसिद्ध सो पत्रिकाको २४ नोभेम्बरको अंकमा बिशेष महत्वका साथ ?आइ कान्ट बिलिभ, इट्स नट बुद्ध? शिर्षकमा प्रकाशित गरेको सो समाचारमा रिपोर्टरले लेखेका छन्- म यी बुद्ध हुन् भन्नेमा विश्वास गर्नै सक्दिन । ध्यानमग्न रामहादुर बम्जनको ठुलो फोटोको तलतिर समाचारको दाया बाया हासिरहेको र ध्यानमग्न रहेको दुइवटा बुद्धमुर्तिको तस्विर समेत राखेर समाचारमा २५ सय बर्ष अगाडिको गौतम बुद्ध जस्तै बन्ने प्रयास गरेको उल्लेख गरिएको छ । सो समाचारमा रामहादुर बम्जन नामका एक किशोर मुर्तिमा देखिने बुद्धको आकृतिजस्तै बनेर रुखको टोड्कोमा ध्यानमग्न भइ बसेको र उसले ६ महिनादेखि कुनैपनि खानेकुरा नखाएको उल्लेख छ । समाचारमा नया बुद्धको बारेमा नेपाली प्रहरीले अनुसन्धान गरिरहेको समेत उल्लेख गरिएको छ । तर हामीलाइ त त्यसको बारेमा केही थाहा भएन त । यदि समाचारमा उल्लेख गरिए झै ति नयां बुद्धको बारेमा प्रहरीले अनुशन्धान गरिरहेको भए त थाहा हुनुपर्ने हो । ति युवक बुद्ध हैनन् भन्नेमा कसैलाइ पनि द्धुविधा छैन । किनकी उनी बुद्ध हुनै सक्दैनन् । उनी केवल बुद्धका अनुयायि मात्र हुन् । उनले पनि सो कुरा स्विकार गरी आफु बुद्ध नभएको केवल अनुयायि मात्र भएको सार्वजनिक अभिब्यक्ति दिइसकेका छन् । तर समाचारमा ति युवकले आफु बुद्ध भएको दावि गरेको गलत समाचार लेखिएको छ । सन् जस्तो पत्रिकाले पनि यस्तो वाइयात कुरा लेखेर भ्रम फैलाएको देख्दा मलाइ त लाज लाग्यो ।
Read Full Discussion Thread for this article