Posted by: Birkhe_Maila November 26, 2005
Bhupi Sherchan's poems
Login in to Rate this Post:     0       ?        
ओहो भूपी शेरचनको कुरा आउँदा घुम्ने मेच माथी अन्धो मान्छे छुटिराको झन्डै- घुम्ने मेच माथी अन्धो मान्छे - दिनभरि सुकेको बाँसझैँ आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर, दिनभरि रोगी मलेवाझैँ आफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर, घाउहरु कोट्ट्याएर, दिनभरि सल्लाघारीझैँ एकलासमा अव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर, दिनभरि पाते च्याउझैँ धरती र आकाशको विशालतादेखि टाढा एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर, एउटा सानो छाताले आफूलाइ ढाकेर, साँझमा जब नेपाल खुम्चिएर काठमान्डौ काठमान्डौ डल्लिएर नया सडक र नयाँ सडक असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर, टुक्रिएर, अखबार चिया र पान को पसल बन्छ, किसिम किसिमका पोशाकमा ओहोर दोहोर गर्छन्? थरिथरिका हल्लाहरु, फुल पारेको कुखुराझैँ कराउदै हिँड्छन अखबारहरु र ठाउँ ठाउँमा अन्धकार पेटिमा उक्लिन्छ मोटरहरुको प्रकाशदेखि तर्सेर, अनि असंख्य मौरीको भुनभुन र डदाइदेखि आत्तिएर म उठ्छु न्यायको दिनमा प्रेतात्माहरु उठेझैँ र नपाएर बिस्मृतिको 'लेथे' नदी, रक्सीको गिलासमा हामफाल्छु र बिर्सन्छु आफ्नो पूर्वकथालाई पूर्वजुनी र मृत्युलाई यसरी नै सधैँ चियाको किटलिबाट एउटा सूर्य उदाउँछ।
Read Full Discussion Thread for this article