Posted by: world_map November 26, 2005
Bhupi Sherchan's poems
Login in to Rate this Post:     0       ?        
लौ लिनुहोस् त अर्को कविता भूपीको। प्रात: एक आघात प्रत्येक दिन चोरझैं सुटुक्क आएर मलाई भोरले अलिकति निचोर्छ व्यूझन्छु म किरणहरूको स्पर्शले देख्छु प्राचीका नियमित रूपमा माझिएका सेतासेता उज्जवल दाँत हुन्छ मनको कुनै कुनामा एक हल्का तर तीक्ष्ण आघात आह! सकिंदै गइरहेछ मेरो जीवन प्रत्येक दिन एक निश्चित मात्रामा टुथपेष्टझैं।
Read Full Discussion Thread for this article